आर्गानिक खानाका परिकार प्रदर्शन
आर्गानिक खानाका परिकार प्रदर्शन
गोरखा ः धार्चे गाउँपालिका–४ लाप्राक स्थित गुप्सीपाखाको ‘लाप्राक नमुना वस्ती सामुदायीक हो स्टे’ले स्थानीय खानाका परिकार प्रर्दन गरेको छ ।
सोमबार गुम्सीपाखामा स्थानीय समुदायको उपस्थितिमा आर्गानीक खाना प्रदर्शन गरिएको थियो । स्थानीय स्तरमा उत्पादन हुने कृषि उपजबाट वनेको आलुको रोटी, सेल रोटी, गहुँको रोटी, कोदोको रोटी, भटमासको अचार, सिलामको अचार, हरियो सिमि लगायतका परिकारहरु पर्दशनमा राखिएको थियो । २०७२ वैशाख १२ को भूकम्प पछि लाप्राक गुप्सीपाखामा एकिकृत वस्ती निर्माण गरिएको छ । झण्डै ६ सय घर धुरीको वस्ती रहेको क्षेत्रका स्थानीयले केहि घरमा होम स्टे सेवा शुरु गरेका छन् । होम स्टेमा पाइने विभिन्न परिकारहरु पर्दशन गरिएको हो । पछिल्लो समय गुप्सीपाखा घुम्न जाने आन्तरिक पर्यटकको संख्या पनि वढ्दै गएको छ । होम स्टेमा पुग्ने पाहुनालाई आर्गानीक खानाका परिकार खुवाउने गरिएको छ । लाप्राक गुप्सीपाखाका स्थानीयलाई उद्यम सँग जोड्ने गाउँपालिकाको पनि योजना छ । गुप्सीपाखामा होम स्टे सेवा शुरु भएसँगै यहाँ पुग्ने आन्तरिक पर्यटकलाई पनि वसोवासमा सहज वनेको छ ।