खाद्यले आजबाट सहुलियत दरमा चामल विक्री गर्ने
खाद्यले आजबाट सहुलियत दरमा चामल विक्री गर्ने
गोरखा ः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले आज(शुक्रबार) बाट सहुलियत मुल्य पसल संचालन गर्ने भएको छ ।
कम्पनीले दशैँ ,तिहार र छठ तथा माघि पर्वलाई लक्षित गरि सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो । अब शाखा गोरखाट खाद्यान्न खरिद गर्दा प्रतिकिलो पाँच रुपैँया छुट हुनेछ । ‘सहुलियत पसलमा ९० रुपैयाँको स्टिम जिरा मसिनो ५ रुपैया घटाएर ८५ रुपँैया विक्रि गर्छौ,’ कम्पनीका सुचना अधिकारी शिव सुनारले भने । स्टिम जिरा मसिनो चामल २५ किलोको बोरामा उपलब्ध भएको सुनारले जानकारी दिए । स्टिम जिरा मसिनो चामल प्रति बोरा दुई हजार एक सय पच्चिस रुपैयाँमा विक्रि हुने छ । त्यस्तै सोना मंसुली चामल प्रतिकिलो ६६ रुपैँया बाट घटेर ६१ रुपँैया कायम भएको छ । सहुलितमा २५ केजिको सोना मंसुली चामल एक हजार पाँच सय २५ रुपँैयामा उपलब्ध हुनेछ । शाखा कार्यालय गोरखामा सोना मंसुली चामल ३५० क्विन्टल र स्टिम जिरा मसिनो चामल एक सय क्विन्टल मौज्दात रहेको छ । कम्पनीले प्रति व्यक्ति २ बोराको दरले खाद्यान्न उपलब्ध गराउने छ । दशँैँलाई मध्येनजर गरेर दुई बोराको दरले मात्र खाद्यान्न बिक्रि वितरण गर्न लागेको कम्पनीको निमिक्त शाखा प्रमुख तिर्सना आले मगरको बताइन । ‘दशै पछि पुनः उहि ग्राहक आए खाद्यान्न उपलब्ध गराईछौँ, तर दशैमा बेला एक जनाले दुई बोराको दरले मात्र पाउनुहुन्छ,’ उनले भनिन् । सहुलियत मुल्यको पसल आज (असोज ४ गतेदेखि) माघ २ गते सम्म सञ्चालन हुनेछ । यस वर्ष शाखा गोरखाले सहुलियतमा ५ सय क्वीन्टल खाद्यान्न बिक्रि गर्न पाउने छ । विगतका वर्षमा २०० क्वीन्टल छुट कोटा छुट्याउँदा एक एक बोराका दरले मात्र वितरण गर्नु परेको थियो । कम्पनीले यस अघिका वर्षमा पनि सहुलियत मूल्यको पसल सञ्चालन गर्दै आएको थियो ।