वाढीले माछाखोलाको वेलिवृज जोखिममा, हलुका सवारी मात्र चलाउन आग्रह
वाढीले माछाखोलाको वेलिवृज जोखिममा, हलुका सवारी मात्र चलाउन आग्रह
गोरखा ः बेनिघाट–आरुघाट–लार्के सडक खण्ड अन्तरगत धार्चे गाउँपालिका–५ स्थित माछाखोलाको वेलिवृज जोखिममा परेको छ ।
भदौ २९ गतेको अविरल वर्ष पछिको रेसे खोलामा वाहव वढ्दा पुलको जगमा क्षती पुगेको गाँउपालिकाले जनाएको छ । पुल मर्मत नहुँन्जेल सम्मका लागि हलुवा सवारी (अधिकतम १० टन) मात्र आवातजावात गराउन गाउँपालिकाले आग्रह गरेको छ । लगातारको वर्षादपछिको वाढीले पुल सँग जोडिएको पहुँचमार्ग भासिएको छ । उत्त पुल नेपाली सेनाले निर्माण गरेको हो । हावाडाँडा देखि दोभान सम्मको ट्रयाक खोलेर सडक विभागलाई हस्तान्तरण भइसकेको छ । पुलको जगबाटै खोलाले खोतले र जोखिम वनेको सडक कार्यालयका प्रमुख अमिन्द्र खड्काले बताए । ‘जग नै खोतलेको छ, तत्कालका लागि ग्याविन लगाएर हलुका सवारी पास गर्ने गरि मर्मत गर्ने योजनामा छौ, जग मुनीबाटै खोतलेकाले तत्कालका लागि एक ÷डेड लाख खर्च गरेर मर्मत गरि हिउँदको वेला मजवुद वनाउने योजना हो’ उनले भने । तत्कालका लागि उत्त सडक भएर ठुला सवारी नगुडाउन गाउँपालिका मार्फत आग्रह गरिएको उनले बताए । त्यस्तै आरुघाट–माछाखोला–दोभान सडक मर्मतको काम पनि भइरहेको खड्काले बताए । खानीवेसिमा बर्खाको पानीले सडक खाल्डो परेकाले सतह मिलाएर दशै अघि नै सवारी संचालन हुने तवरले काम अघि वढेको उनले बताए । ‘सडक सफाई भइरहेको छ, खानीवेसिमा अल्ली समस्या छ, सडक नै भड्खारो परेको छ, तलैबाट ढुङ्गा राखेर उठाउँदै ५ मिटर फराकिलो वाटो बनाउने लक्ष्य हो,’ उनले भने,‘पानी पर्न रोकिए दशै अघि नै दोभान सम्म सवारी चल्न मिल्ने गरेर सडक मर्मत सक्ने गरेर अघि वढेका छौँ ।’ त्यस्तै चुमनुव्री गाउँपालिका–६ को लोक्पा देखि सर्दिभिर र गुम्लुङ्ग चौतारा सम्मको पदमार्ग मर्मत भएको छ । मनास्लु पर्यटन संयुत्त उपसमितिको आर्थिक सहयोगमा बर्खाका कारण भत्किएको बाटो निर्माण तथा मर्मत भएको हो । बाटो मर्मत सँगै चुमभ्याली घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकलाई आउजाउमा सहज वन्ने छ ।