जनतासँग जनप्रतिनिधि घुम्तिसेवा कार्यक्रम शुरु
जनतासँग जनप्रतिनिधि घुम्तिसेवा कार्यक्रम शुरु
गोरखा ः आरुघाट गाउँपालिका–१० मा भएको जनता सँग जनप्रतिनिधि घुम्तिसेवाबाट ३९ जना लाभन्त्रित भएका छन् । सोमबार आरुघाट गाउँपालिका–१० स्थित चनौटे टोलका टोलबासिलाई वडाबाट दिइने विविध सेवा टोलमै पुगेर दिइएको वडा अध्यक्ष संजित श्रेष्ठले बताए ।
उत्त घुम्तिसेवामा वडाबाट दिइने नागरिकताको सिफारिस, भूमिकर मालपोत उठाउने, लगायतका अन्य सिफारिस दिइएको थियो । । भौगोलिक अवस्थाको कारण र गाउँबाट वडा कार्यलयको दुरि टाढा भएको टोल पहिचान गरि घुम्तिसेवा सन्चालन गरिएको श्रेष्ठले बताए । स्थानियहरुलाई सहजताको लागि वडा कार्यलयबाट टाढा भएको ३ वटा टोलहरुमा पुगेर सेवा दिने गरेकां उनले बताए ।