बलत्कार प्रयासको आरोपमा एक जना पक्राउ
बलत्कार प्रयासको आरोपमा एक जना पक्राउ
गोरखा ः १६ बर्षिय बालिकालाई वलत्कार प्रयास गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पालुङटार नगरपालिका–४ का ५५ बर्षिय धन वहादुर सुनारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोमबार बालिकालाई जवरजस्ती करणी उद्योग गरेको भन्दै पिडितका आमा मार्फत आएको जाहेरी दरखास्तको आधारमा मंगलबार आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । वुधबार आरोपित विरुद्ध जिल्ला अदालत गोरखामा जवरजस्ती करणी उद्योग कसुर शिर्षकमा मुद्धा दर्ता गरि हिरासतमा राख्न म्याद थप अनुमती लिएर अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।