सिरानचोक गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु
सिरानचोक गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु
गोरखाः सिरानचोक गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगीता शुरु भएको छ ।
सिरानचोक गाउपालिका–६ महटारमा भएको प्रतियोगीताको बुधबार एक कार्यक्रमका विच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले उद्घाटन गरे । तिन दिन सम्म चल्ने प्रतियोगीतामा गाउँपालिका भरिका १५ माध्यमिक विद्यालयका चार सय वढी खेलाडीले सहभागीता जनाएका छन् । प्रतियोगीता अन्तरगत छात्र र छात्रा अन्तरगत १५ विधाका खेल हुने गाउँपालिका शिक्षा शाखाका कृष्ण प्रसाद पोखरेलले बताए । प्रतियोगिताको पहिलो दिन १५ सय, ४ सय मिटर दौड लगायतका खेल सम्पन्न भएको उनले बताए । प्रतियोगीतामा विजेता वन्ने टिमले शिल्ड, मेडल प्रमाणपत्रको प्राप्त गर्ने छन् । त्यस्तै दोस्रो र तेस्रो हुनेले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङको अध्यक्षतामा बुधबार भएको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री पाण्डे, गाउँपालिका उपाध्यक्ष रिता देवकोटा लगायतले मन्तब्य राखेका थिए ।