जवरजस्ती करणीको आरोपमा एक जना पक्राउ
जवरजस्ती करणीको आरोपमा एक जना पक्राउ
गोरखा ः १५ बर्षिय बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा ३७ बर्षको एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
दुइ महिना देखि पटक÷पटक र पौष १९ गते अन्तिम पटक जवरजस्ती करणी गरेको भन्दै पिडितले दिएको जाहेरी दरखास्तका आधारमा आरोपितलाई प्रहरीले पक्राउ गरेको हो । आइतबार पक्राउ परेका आरोपित विरुद्ध सोमबार हाडनातामा जवरजस्ती करणी कसुर शिर्षकमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट हिरासतमा रखी अनुसन्धानका लागि म्याद थप भएको प्रहरीले जनाएको छ ।