जराङ्ग कप फुटबल प्रतियोगिता शुरु
जराङ्ग कप फुटबल प्रतियोगिता शुरु
प्रतियोगितामा पहिलो हुने टिमले एक लाख पुरस्कार पाउने छ।
गोरखा ः बारपाक सुलिकोट गाउँपालिका–८ मा १६ औं जराङ्ग कप फुटबल प्रतियोगिता शुरु भएको छ । जनप्रेमी युवा क्लवको आयोजनामा ७–ए साईड खुल्ला फुटबल प्रतियोगिता शुरु भएको हो ।
बुधबार मण्डली युवा क्लव र मसेल एफसि विच भएको खेलमा १–२ गोल अन्तरले मसेल एफसि विजय बनेको छ । प्रतियोगितामा पहिलो हुने टिमले एक लाख ११ हजार एक सय ११ रुपैया नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै दोस्रो बन्ने टिमले भने मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । अनुसाशित टिमले ८ हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । विविध पुरस्कार तर्फ भने उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्स, उत्कृष्ट किप्पर, सार्वाधिक गोल कर्तालाई दुई हजार ५ सय नगदको साथमा टूफी दिईने आयोजकले बताए । प्रतियोगितामा १४ वटा टिम सहभागिता रहेको छ ।