तेस्रो राईजीङ्ग कप फुटबल प्रतियोगिताको उपाधि खोप्लाङलाई
तेस्रो राईजीङ्ग कप फुटबल प्रतियोगिताको उपाधि खोप्लाङलाई
गोरखा ः तेस्रो राईजीङ्ग कप फुटबल प्रतियोगिताको उपाधि खोप्लाङ एफसिले जितेको छ । गोरखा नगरपालिका–१२ स्थित राईजीङ्ग स्टार युथ क्लवको आयोजनामा भएको ९ ए साईड फुटबल प्रतियोगितामा खोप्लाङ एफसि विजय बनेको हो ।
शनिबार खोप्लाङ एफसि र राईजीङ्ग स्टार युथ क्लव वि विच भएको फाइनल खेलमा १-० गोल अन्तरले खोप्लाङ एफसि विजय बनेको क्वलका अभ्यक्ष मनिस थापाले बताए । प्रतियोगितामा पहिलो बनेको खोप्लाङ एफसिले एक लाख १ हजार १ सय ११ रुपैया नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै दोस्रो बनेका राईजीङ्ग स्टार युथ क्लवले भने ५० हजार ५ सय ५५ रुपैया नगदको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । विविध पुरस्कार तर्फ भने सेमिफाइनल प्रबेश गरेका गिरिन लाइट युथ क्लव र यम वाई सिले भने २०÷२० हजार नगद प्राप्त गरेको थापाले बताए । खोप्लाङ एफसिका सन्जय श्रेष्ट उत्कष्ट खेलाडी, उत्कष्ट गोलरक्षक केशर कैराला र सर्वोत्कृष्ट गोलकर्ता साजन बिकिले ५÷५ हजार नगदरको साथमा ट्रफी प्राप्त गरेको छ ।