जवरजस्ती करणीको आरोपमा एक जना पक्राउ
जवरजस्ती करणीको आरोपमा एक जना पक्राउ
गोरखा ः जवरजस्तीकरणीको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । १३ बर्षिय बालिकालाई फागुन १८ गते जवरजस्ती करणी गरेको आरोपमा पालुङटार नगरपालिका–१ का २२ बर्षिय सुनिल सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।
पिडिको आफन्त मार्फत फागुन २६ गते आएको जाहेरी दरखास्तको आधारमा आरोपितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटना पछि आरोपित फरार रहेका थिए । जिल्ला अदालतमा जवरजस्ती करणी शिर्षकमा मुद्धा दर्ता गरि पक्राउका लागि अनुमति लिएर शनिबार पालुङटार–२ बाट आरोपितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।