गैरसरकारी संस्था महासंघको अध्यक्षमा देवकोटा
गैरसरकारी संस्था महासंघको अध्यक्षमा देवकोटा
गोरखा ः गैरसरकारी संस्था महासंघ, नेपाल जिल्ला शाखा गोरखाको २३ औँ साधारणसभा तथा छैटौ अधिवेशनबाट हरि देवकोटा अध्यक्षमा निर्वाचित भएका छन् ।
सोमबार भएको अधिवेशनबाट उपाध्यक्षमा बालकृष्ण लामिछाने, सचिवमा प्रमिला अधिकारी, उपसचिवमा अनिता नेपाली, कोषाध्यक्षमा सुनिल न्यौपाने निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा गिता मायाँ श्रेष्ठ, राज गुरुङ, साने गुरुङ, प्रतिमा राना, लक्ष्मि रोका, मिलन सिं वस्नेत निर्वाचित भएका छन् । साधारण सभाको उद्घाटन समारोहमा महासंघका केन्द्रिय अध्यक्ष अर्जुन भट्टराइ, जिल्ला समन्वय समितिका उपप्रमुख लिला परियार, गोरखा नगरपालिकाका मेयर कृष्ण वहादुर राना मगर, उपमेयर मसली मायाँ थोकर लगायतले मन्तब्य राखेका थिए ।