२ दिने जडिबुटी खेती सम्वन्धी तालिम सम्पन्न
२ दिने जडिबुटी खेती सम्वन्धी तालिम सम्पन्न
गोरखा ः २ दिन व्यवसायिक जडिबुटी खेती सम्वन्धी तालिम सम्पन्न भएको छ । तालिममा गोरखा नगरपालिका–१३ मा ५४ जनाको सहभागीता रहेको थियो ।
जडिबुटीलाई व्यवसायिक उत्पादनमा जोड दिने उद्धेश्यले तालिम दिइएको गोरखा नगरपालिका–१३ की वडाध्यक्ष मित्रा परियारले बताइन् । गत बर्ष वडाले जडिबुटी पहिचान कार्यक्रम गरेको थियो । दोस्रो चरणमा खेती सम्वन्धी तालिम राखिएको हो । विविध जडिबुटीहरु व्यवसायिक रुपमा खेति गरेर आम्दानि र रोजागर सिर्जना गर्ने उद्धेश्यले तालिम दिइएको उनले बताइ । तालिम पछि वडाको क्षेत्रको हावापानिमा अनुकुल हुने घ्यूकुमारी, बोजो, निम, कुरिलो लगायतका जडिबुटी व्यवसायिक रुपमा खेति गर्ने सकिने उनले बताइन् । गोरखा नगरपालिका आयुर्वेद शाखा प्रमुख जीवन कुमार श्रेष्ठ, जिल्ला वन कार्यालयका विनोद गायक ,गण्डकी प्रदेश अस्पताल गोरखाका आयुर्वेद डा.अविन थापा,गोरखा जिल्ला आयुर्वेद कम्पनीका जीवन रेग्मि, सोलुसन हर्बल कम्पनीका ईश्वर सिलवाल लगायतले तालिमको सहजिकरण गरेका थिए ।