महिला समूहका २५ सदस्यलाई बाख्रा वितरण
महिला समूहका २५ सदस्यलाई बाख्रा वितरण
गोरखा ः गण्डकी गाउँपालिकामा सुनौला हजार दिनका महिला समूहमा आवद्ध २५ सदस्यलाई बाख्रा वितरण गरिएको छ ।
गण्डकी गाउँपलिका–७ मा बहुक्षेत्रीय पोषण योजना अन्तरगत सुनौला हजार दिनका महिला समूहका सदस्यहरुलाई लक्षित गरि बाख्रा वितरण गरिएको हो । वडा नम्वर ७ मा गठन गरिएको छतिवनगैरा चेपाङ महिला समूह का सदस्यहरूलाई बाख्रा वितरण गरिएको गण्डकी गाउँपालिका–७ वडाध्यक्ष तुलसी रग्मीले बताए । बहुक्षेत्रीय पोषण कार्यक्रम मार्फत महिला तथा बालबालिकाको पोषण अवस्था सुधार गर्ने लक्ष्यसहित सञ्चालन गरिएको यस कार्यक्रममा महिला समुहलाई आत्मनिर्भर बनाउने उद्देश्यले बाख्रा वितरण गरिएको बताए । उत्त कार्यक्रमको लागि ६ लाख २५ हजार बजेट रहेको उनले बताए । विशेष गरि चेपाङ महिलाहरुलाइृ लक्षित गरि कार्यक्रम गरिएको उनले बताए ।