जथाभावि नयाँ सडक खन्ने कार्यलाई निरुत्साहित गरिने
जथाभावि नयाँ सडक खन्ने कार्यलाई निरुत्साहित गरिने
गोरखा ः शहिद लखन गाउँपालिकाले जथाभावि नयाँ सडक खन्ने कार्यलाई निरुत्साहित गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा दिगो तथा विपद उत्थानशील सडक तथा सडक संरचना निर्माणमा जोड दिने उल्लखे छ ।
सडक मापदण्ड अनिवार्य रुपमा लागु गरी वस्ती तथा सडकक्षेत्रलाई ब्यवस्थित गर्ने, गाउँपालिका स्तरीय यातायात गुरुयोजना र आवधिक योजना अनुरुप सडकहरुलाई स्तरोन्नती गर्ने कार्यलाई बार्षिक योजना तर्जुमा कार्यसाग आव गर्ने पनिअ आगामी बर्षको नीति तथा कार्यक्रममा उल्लखे छ । गाउँपालिका स्तरीय गौरवको आयोजना संचालनलाई निरन्ता दिने, गाउँपालिकालाई पृथ्वी राजमार्गसँग सिघै जोड्नका लागि त्रिशुली नदिमा मोटरेवल पुलनिर्माणका लागि आवश्यक पहल गर्ने पनि गाउँपालिकाले जनाएको छ । सडक निर्माणबाट सिर्जित पहिरो तथा भुक्षय नियन्त्रणका लागि वायो इन्जिनियरिङ प्रविधिको प्रयोगमा जोड दिने, मुख्य सडक, बजार क्षेत्र, पुरातात्विक, धार्मिक, तथा सास्कृतिक तीर्थ स्तलहरुमा सडक वत्तिको ब्यवस्थाका लागि पहल गर्ने पनि नीति तथा कार्यक्रममा समेटिएको छ । सडक छेउमा वृक्षारोपण गरि हरियाली प्रवद्र्धन गर्ने,। गाउँपालिका केन्द्रदेखि सदरमुकाम सम्म पक्की सडक विस्तिरा र वडा कार्यालय सम्मको सडकहरुलाई क्रमश स्तरोन्नती तथा कालोपत्रे गर्ने पनि शहिद लखन गाउँपालिकाले नीति लिएको छ । त्यस्तै जनप्रतिनिधि तथा नेपाल सरकारको वेतनभोगी कर्मचारी, शिक्षकहरुलार्य उपभोक्ता समितिमा रहन नमिल्ने ब्यवस्थालाई कडाईका साथ कार्यन्वयन गरिने पनि गाउँपालिकाले जनाएकोछ । २ लाख सम्मका योजना वडा कार्यालयबाटै सम्झौता गर्नेि ब्यवस्था मिलाउनवे र ५ लाख सम्मका योजना उपभोक्ता समितिको श्रम सहभागतिामा १० प्रतिशत र ५ लाखभन्दा बढी रकम विनियोजन भएका योजनाहरुमा उपभोक्ता समितिको ५ प्रतिशत लागत सहभागीता र ५ प्रशित श्रम सहभागीता गराउने नीति पनि अवलम्वन गर्ने गाउँपालिकाले जनाएको छ ।