लौ घाँसको विरुवा रोपियो
लौ घाँसको विरुवा रोपियो
गोरखा नगरपालिका–११ को सामुदायिक वस्तु कृत्रिम गर्भाधान केन्द्रको परिसरमा घाँसको बिरुवा रोपिदै । भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रको आयोजना तथा स्थानीयको समन्वयमा करिव ६ सय मोलाटो घाँसको विरुवा रोपिएको केन्द्र प्रमुख ब्रज किशोर ठाकुरले बताए । गोरखा नगरपालिका वडा नम्वर १०, ११ र १२ का स्थानीयहरु मिलेर विरुवा रोपेका हुन् । विरुवा कार्यालयले निशुल्क उपलब्ध गराएको हो । करिव चार महिनापछि रोपिएको विरुवाबाट घाँस उत्पादन हुने बताइएको छ । उक्त घाँस गाइभैसी तथा बाख्रालाइ खुवाउन मिल्ने कार्यालयले जनाएको छ ।