प्राविधिक शिक्षामा सघाउ पु¥याउन बिद्यालयलाई कम्प्युटर
प्राविधिक शिक्षामा सघाउ पु¥याउन बिद्यालयलाई कम्प्युटर
गोरखा ः सिरानचोक गाउँपालिका–२ को आहाल भन्ज्याङ माविमा रहेका सबै कम्प्युटर भूकम्पले क्षति पुग्यो । कक्षा ६ देखि ८ सम्म कम्प्युटर कक्षा संचालन गर्दै आएको बिद्यालयमा हाल एउटा ल्यापटप मात्र छ । बिज्ञानको जोलोजीको संग्रहालय बनाउन गाउँपालिकामा कार्यक्रम समेत प्रस्तुत गरेको बिद्यालयलाइ कम्प्युटर जुटाउनु अति नै आवश्यक थियो ।
आइतवार गोरखा सेवा समाज नेपालले दिएको तीन वटा कम्प्युटरले विद्यालयलाइ केही हद सम्म राहत पुगेको प्रधानाध्यापक केशर सिं बस्नेत बताउछन् । ‘भूकम्प अघि भूपू बिद्यार्थीले दिएको कम्प्युटरबाट कक्षा संचालन गरिरहेका थियौ,’ उनले भने, ‘भूकम्पले सबै बिगा¥यो, आज केही थान कम्प्युटर पाएका छौ, राहत मिलेको महशुस भएको छ ।’ आरुघाट गाउँपालिका–४ थुमि स्थित जमूना आधारभूत बिद्यालयले पनि तीन थान कम्प्युटर पाएको छ । ‘अहिले सम्म बिद्यालयमा एउटा पनि कम्प्युटर थिएन, अव पाएका छौ, लगेर कम्प्युटर कक्षा शुरु गर्छाै,’ बिद्यालयकी प्रअ इन्द्र कुमारी धमलाले भनिन् । गोरखा सेवा समाजबाटै तीन थान कम्प्युटर पाएको शहिद लखन गाउँपालिका–८ को राम्चे आधारभूत प्राविले चालु शैक्षिक सत्रबाटै कक्षा एक देखि कम्प्युटर कक्षा संचालन गर्ने बतायो । ‘कम्प्युटर पाएका छौ, अव एक कक्षा देखि नै एक पिरियड कम्प्युटर कक्षा संचालन गर्छाै,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र कुमार श्रेष्ठले भने । गोरखा सेवा समाज नेपालले यी तीन बिद्यालय सँगै सिरानचोक गाउँपालिका–८ चिप्लेटीको जनज्योती माविलाइ पनि कम्प्युटर सहयोग गरेको छ । आइतवार सदरमुकाममा एक कार्यक्रमका बिच चार विद्यालयलाइ तीन÷तीन थान कम्प्युटर सहयोग गरिएको समाजका अध्यक्ष शुशिलबाबु श्रेष्ठले बताए । ‘एउटा बिद्यालयलाइ कुल ६९ हजार खर्च गरेर तीन थान कम्प्युटर सहयोग गरेका छौ,’ उनले भने, ‘दुरदराजमा रहेका बिद्यार्थीलाइ प्राविधिक शिक्षा दिन सहज होस् भन्ने उदेश्यले कम्प्युटर बाँडेका हौ ।’ अन्य बिद्यालयलाइ पनि सहयोग गर्ने तयारीमा समाज रहेको श्रेष्ठको भनाइ छ ।