गोरखाको हावापानी कफी खेतिका लागी सुहाउँदो

गोरखाको हावापानी कफी खेतिका लागी सुहाउँदो


सोमवार, जेष्ठ २०, २०७६


गोरखाको हावापानी कफी खेतिका लागी सुहाउँदो

केशव गुरुङ

गोरखा ः कफी खेतीका लागी जिल्लामा सुहाउँदो हावापानी रहेको विज्ञहरुले बताएका छन् ।
नेपाल सरकार राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजना तथा इयुको आर्थिक सहयोगमा सदरमुकाममा आइतबारबाट शुरु भएको दुई दिने जिल्ला स्तरीय कफी प्रवद्र्धन योजना निर्माण कार्यक्रममा सहभागी विज्ञले सो कुरा बताएका हुन् । कफी विज्ञ भोला श्रेष्ठका अनुसार भौगोलिक रुपमा गोरखा कफी खेतीका लागी उपयुक्त र विशिष्ट ठाउ भएको बताएका छन् । कफी खेती गर्न उपुयुक्त ४२ जिल्ला मध्ये गोरखा १८ औँ स्थानमा रहेको श्रेष्ठले बताए । सिरानचोक, अजिरकोट, आरुघाट, शहिद लखन र गोरखा नगरपालिकाको भू–भाग कफी खेतीका लागि उपयुक्त रहेको उनको भनाई छ । अधिकाश बाँझो खेत बारीमा कफी खेती गर्न सके आर्थिक आयआर्जनको गतिलो माध्यम वन्न सक्ने उनको तर्क         छ । विशेष गरि उच्च स्थानमा फलेको अरबी जातको कफीलाई विशिष्ट गुणस्तरको मानिन्छ । एक अध्ययनका अनुसार ३५ प्रतिशत १८ देखि २४ वर्षका युवाहरु विशिष्ट कफीको पारखी रहेको पनि उनले जानकारी दिए । जिल्ला कफी सहकारी संघका अध्यक्ष डिल्ली             राम रेग्मीका अनुसार जिल्लामा ६ वटा पुल्पिंग केन्द्रले गोरखामा उत्पादन भएको कफी संकलन गर्दै आएको छन् । संकलित कफी आन्तरिक बजारमै खपत हुदै आएको र बजारीकरणको कुनै समस्या नरहेको उनले दावी गरे । केहि वर्ष अघि जिल्लामा उत्पादित कफीले बजार नपाउँदा किसानहरुले बोट नै नष्ट गरेको भन्दै उनले अहिले त्यो अवस्था नरहेको        बताए । यो आर्थिक वर्षको हाल सम्म जिल्लामा उत्पादन भएको करिब ४० क्विन्टल कफी विक्रि भइसकेको रेग्मीले जानकारी        दिए । बजारको माग अनुसार गुणस्तरीय बोक्रा छोडाएको कफीको प्रतिकेजी ५३५ रुपैयामा विक्री भएको उनले बताए । हाल गोरखाको छोप्राक, केराबारी, लप्सिबोट, आँपपिपल, घैरुङ, ताङलीचोक, ताक्लुङ, बगुवा लगायतको क्षेत्र कफी खेती फस्टाउदै गएको रेग्मीले              जानकारी गराए । कृषि ज्ञान केन्द्रका प्रमुख दुर्गा पण्डितले व्यवसायीक कफी खेती गर्नका लागि              बजारीकरणको सुनिश्चितता, दक्ष जनशक्तिको विकास र कफीका लागि छहारीको व्यवस्थापन गर्नु पर्ने बताए । उत्पादित कफीलाई गोरखा ब्राण्ड बनाई आन्तरिक र बाह्य क्षेत्रमा निर्यात गर्न सके स्थानीयले रोजगार पाउने र आयआर्जन बढ्ने गोरखा              नगरपालिकामा मेयर राजनराज पन्तले बताए । गोरखा                नगरपालिका–२ मा कफी खेतीका लागि नर्सरीमा विरुवा उत्पादन भइरहेको उनले जानकारी दिए । नेपाल सरकार चिया तथा कफी विकास बोर्डका उपनिर्देशक लक्ष्मण पोखरेलका अनुसार नेपालको कफी अर्गानिक र विशिष्ट भएकाले विश्व बजारमा अत्याधिक माग रहेको           छ । तर कृषकहरु अनुदानको लागि कफी खेती गर्ने तथा व्यवसायिक  हुन नसकेको उनको गुनासो छ । देशमा रोजगार सिर्जना गरी आर्थिक समृद्धिमा कफी खेतीको पनि महत्वपूर्ण भुमिका रहेको पोखरेलको भनाई छ ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda