भौतिक पूर्वाधार बिकास मन्त्रालयको कार्यक्रम ः भवन कार्यालय स्याउँको बिरुवा बाड्ने, सिंचाइ कार्यालय बिद्युत पोल गाड्ने
भौतिक पूर्वाधार बिकास मन्त्रालयको कार्यक्रम ः भवन कार्यालय स्याउँको बिरुवा बाड्ने, सिंचाइ कार्यालय बिद्युत पोल गाड्ने
गोरखा ः भौतिक संरचना निर्माण सम्बन्धि काम गर्दै आएको भवन कार्यालयले यस बर्ष कृषि क्षेत्रमा पनि काम गर्नुप¥यो । सम्भवत कृषि क्षेत्र सम्बन्धी ज्ञान भवन कार्यालयका कर्मचारीलाइ कमै हुन्छ । तर गण्डकी प्रदेशको भौतिक पूर्वाधार बिकास मन्त्रालयले भवन कार्यालयलाई स्याउँको बिरुवा वितरण गर्न लगाएपछि कर्मचारी हरु दंग परे ।
‘अहिले सम्म नगरेको कार्यक्रम एक्कासी आउँदा अचम्म लाग्यो,’ शहरी विकास तथा भवन कार्यालय गोरखाका प्रमुख झपट बहादुर थापाले भने, ‘तर नयाँ अनुभव पनि भयो ।’ चालु आर्थिक बर्ष आरुघाट, धार्चे र चुमनुव्री गाउँपालिकामा गरी कुल १४ सय स्याउँको विरुवा वितरण गरिएको उनले बताए । ‘वुढिगण्डकी जलाशय भन्दा माथिको क्षेत्रमा स्याउँ खेति हुन्छ की हुदैन भनेर परिक्षण गर्नका लागी करिव २० लाख खर्चेर विरुवा वितरण गरेका हौ,’ उनले भने । आर्थिक, सामाजिक र भौतिक पूर्वाधार कार्यक्रम अन्तरगत आयआर्जनमा सहयोग पु¥याउने उदेश्यले स्याउँको विरुवा वितरण गरिएको थापाको भनाइ छ । तर कार्यालयले गर्दै आएको काम भन्दा वेग्लै काम गर्नुपर्दा केही असहज महशुस भएको उनी बताउछन् । ‘कार्यालयले अहिले सम्म नगरेको काम भयो, सम्बन्धित निकायले गर्दा धेरै राम्रो हुन्थ्यो । शुरु देखी अन्तिम सम्मको व्यवस्थापनमा पनि सहज हुन्थ्यो तर हामीलाइ यसबारे त्यति ज्ञान हुदैन लगेर बडिदिने काम मात्र ग¥यौ,’ उनले भने । भवन कार्यालय मात्र होइन यस बर्ष मन्त्रालयले सिंचाइ कार्यालयलाइ पनि सधाको भन्दा अलग बिद्युतको पोल बाड्ने जिम्मेवारी दिएको छ । सिंचाइ कार्यालयका लागी यो अहिले सम्मकै नौलो कार्यक्रम भएको जलस्रोत तथा सिंचाइ बिकास डिभिजन कार्यालय गोरखाका प्रमुख पुरुषोत्तम प्रसाद उपाध्यायले बताए । ‘जागिर खाएको यति बर्ष भयो सिंचाइमा बिद्युत पोल बाड्ने कार्यक्रम पहिलो पटक सुनेको हुँ,’ उनले भने । काठेपोल बिस्थापित गरी फलामे पोल राख्ने कार्यक्रम अन्तरगत यस बर्ष ३१ सय फलामे पोल वितरण गर्ने तयारी भएको उनले बताए । ‘पोल वितरणका लागी ५ करोड ५१ लाखको बजेट आएको हो, भगवती स्टिल सँग ठेक्का सम्झौता भइसकेको छ, पोल पनि तयार छन् अव सम्बन्धित स्थानिय तहमा बाड्ने तयारी हुदैछ,’ उनले भने ।
उक्त कार्यक्रम अन्तरगत गोरखा नगरपालिका, पालुङटार नगरपालिका र शहिद लखन गाउँपालिकामा ५ सय ५० का दरले फलामे पोल वितरण गरिने उनले बताए । गण्डकी र भिमसेन गाउँपालिकामा ५ सयका दरले वितरण गरिने छ । अजिरकोट, बारपाक सुलिकोट र आरुघाट गाउँपालिकामा एक सय ५० का दरले पोल वितरण गर्न लागिएको उनको भनाइ छ । ‘सवै पालिकालाइ पत्र पनि पठाएका छौ, अव पोल त्यहा लगिदिन्छौ उहाहरुले भरपाई गरेर जिम्मा लिनुहुन्छ,’ उनले भने । कार्यालयले गर्दै आएको काम भन्दा फरक किसिमको काम गर्नुपर्दा केही असजह भएको कार्यालयका प्रमुखहरुले बताएका छन् ।