गण्डकीका वडा सदस्यदेखि मन्त्रीसम्मको सुविधा बढ्दै

गण्डकीका वडा सदस्यदेखि मन्त्रीसम्मको सुविधा बढ्दै


बिहिबार, असार २६, २०७६


गण्डकीका वडा सदस्यदेखि मन्त्रीसम्मको सुविधा बढ्दै

गण्डकी प्रदेश सरकारले वडादेखि मन्त्रीसम्मको पारिश्रमिक र सुविधा बढाएको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले  पारिश्रमिक तथा सेवा, सुविधा सम्बन्धी ऐन संशोधन गरेर संसदमा पठाउने निर्णय गरेको हो ।
उक्त ऐन संसदबाट पारित भएमा सरकारी सेवाबाट निवृत्त भई पेन्सन खाइरहेका जनप्रतिनिधिले पनि पारिश्रमिक पाउनेछन् । सरकारी सेवाबाट निवृत्त भई पेन्सन खाइ         रहेका स्थानीय तहका जनप्रतिनिधिले एउटामात्रै सुविधा लिन पाउने व्यवस्था ऐनमा थियो । त्यसलाई संशोधन गरेपछि पेन्सनर जनप्रतिनिधिले दोहोरो सुविधा लिन पाउँछन् । त्यस्तै कार्यपालिका सदस्यको पारिश्रमिक वडाध्यक्षकै    बराबर बनाउने र अन्य गाउँसभा सदस्यको पारिश्रमिक पनि त्यसको आधा वृद्धि गर्ने निर्णय मन्त्रिपरिषदको बैठकले गरेको छ । ९ हजार रुपैयाँ पारिश्रमिक पाउने गाउँ कार्यपालिका सदस्यले अब वडाध्यक्षकै बराबरी १८ हजार रुपैयाँ पारिश्रमिक पाउने छन् । अन्य वडा सदस्यले कार्यपालिका सदस्यले पहिले पाउँदै आएको पारिश्रमिक ९ हजार रुपैयाँ बराबर पुग्ने भएको छ । उनीहरुले ६ हजार रुपैयाँ पारिश्रमिक पाउँथे ।
१० हजार रुपैयाँ पारिश्रमिक पाउने नगरपालिकाको कार्यपालिका सदस्यले अब वडाध्यक्षले जति नै २० हजार रुपैयाँ पाउने भएका              छन् । गाउँपालिका सभा सदस्यको जस्तै नगर सभा सदस्यको पनि पारिश्रमिक बढेको छ । ७ हजार रुपैयाँ पाउने वडा सदस्यले अब भने १० हजार रुपैयाँ पाउने छन् ।               महानगरको कार्यपालिका सदस्यको पनि ५० प्रतिशत पारिश्रमिक वृद्धि भएर वडाध्यक्षकै बराबर २५ हजार रुपैयाँ पुगेको छ । कार्यपालिका सदस्य नरहेका नगर सभा सदस्यले अब ८ हजार ३ सय ५० बाट १२ हजार ५ सय रुपैयाँ पाउने भएका छन् ।
सांसद र मन्त्रीका स्वकीय सचिव नायब सुब्बा
गण्डकी प्रदेशका सांसद, सभामुख, उपसभामुख र मन्त्रीले अब नायब सुब्बा सरहको स्वकीय सचिव राख्न पाउने भएका छन् । सांसदलाई नायब सुब्बा बरारबरको स्वकीय सचिव राख्ने व्यवस्था गर्दा मन्त्री, सभामुख उपसभामुख लाई पनि सोही तहको स्वकीय सचिव राख्न पाउने गरी सुविधा थप भएको छ । बुधबारको                 मन्त्रिपरिषद बैठकले प्रदेश सभाका पदाधिकारी तथा सदस्यको                 पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी ऐनको अनुसूची संशोधन गर्दै एक साथ सांसद, मन्त्री, सभामुख र उपसभामुखलाई पनि नायब सुब्बासरहको स्वकीय सचिवको सुविधा दिने निर्णय                गरेको हो । प्रदेशमन्त्री, सभामुख, उपसभामुखले एक जना शाखा अधिकृत सरहको स्वकीय सचिव राखेका थिए ।
अब नायब सुब्बासरहको स्वकीय सचिव पनि उनीहरुको सुविधामा थपिएको छ । स्वकीय सचिवको रुपमा एक जना उपसचिव र एक जना शाखा अधिकृतको सुविधा लिँदै आएका मुख्यमन्त्रीलाई पनि अब नायब सुब्बासरह नै स्वकीय सचिव                 राख्न पाउने भएका छन् । प्रदेशसभा सदस्यका हैसियतले सबै मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, दलका पदाधिकारी लाई पनि नायब सुब्बासरहको स्वकीय सचिवको सुविधा थप           गरिएको सरकारका प्रवक्ता                  रामशरण बस्नेतले बताए ।
साउन १ गतेबाट नै लागु हुने गरी ऐनको अनुसूची संशोधन गरिएको हो । ऐन नै संशोधन गर्न संसदबाटै पारित गर्नुपर्ने व्यवस्था भए पनि अनुसूची संशोधन गर्न सक्ने अधिकार मन्त्रिपरिषदलाई            छ । आगामी आर्थिक वर्षको बजेटले २३ हजार ५ सय बाट २० प्रतिशत वृद्धि गरी नायब सुब्बाको तलब स्केल २८ हजार २०० रुपैयाँ पु¥याएको छ । त्यही हिसाबले ६० जना सांसद रहेको गण्डकी प्रदेशमा अब थपिएका स्वकीय सचिवको तलबमा मासिक १६ लाख ९२ हजार र वार्षिक २ करोड ३० लाख ४ हजार रुपैयाँ जाने छ । यसअघि प्रदेशसभाका पदाधिकारी तथा सदस्यको परिश्रमिक र सेवा, सुविधासम्बन्धी ऐन २०७४ को अनुसूची संशोधन गरी सांसदलाई आवास मर्म खर्च भनेर ७ हजार ५ सय र प्रदेश सभा बैठक भत्तालाई ७ सय ५० बाट १ हजार रुपैयाँ पुर्रुयाइएको थियो । गण्डकीका सांसदले ४५ हजार रुपैयाँ           पारिश्रमिक पाउँछन् ।
प्रमुख सचेतकलाई ४९ हजार
प्रदेश सभा सञ्चालन नियमावली नियमावली संशोधन गर्दै गण्डकी प्रदेश सभाका दलका प्रमुख सचेतकको तलब ४९ हजार रुपैयाँ पुर्रुयाइएको छ । यसअघि दलले प्रमुख सचेतक निर्वाचित गरे पनि ऐनमा उनीहरुको पारिश्रमिक तथा सुविधाको व्यवस्था गरेको थिएन । मन्त्रिपरिषदको बैठकले प्रमुख सचेतकको पारिश्रमिक ४९ हजार पु¥याउने र सचेतकलाई पनि खाइपाइ आएकै पारिश्रमिक तथा सुविधा उपलब्ध गराउने निर्णय               गरेको हो । नेकपा संसदीय दलले प्रमुख सचेतक, सचेतक तोकेको थियो । नेपाली कांग्रेसले प्रमुख सचेतक तोकेको थिएन । सत्तापक्षीय दल र प्रमुख प्रतिपक्षी दलका दुबैमा अब प्रमुख सचेतक र सचेतक रहने छन् । यसअघि नै सचेतकको पारिश्रमिक ४७ हजार रुपैयाँ तोकिएको छ ।
प्रदेश विकास परिषदको गठन
गण्डकी प्रदेश सरकारले प्रदेश विकास परिषद गठन गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा १ सय २१ सदस्यीय परिषद गठन गरिएको हो ।               परिषदले प्रदेशको योजना, विकास निर्माण र समृद्धिका लागि काम गर्ने छन् । प्रदेश सरकारको लक्ष्य प्राप्तिका लागि परिषदले योजना निर्माणदेखि प्रचार प्रसारसम्मको काम गर्ने छन् ।
परिषदमा १९ जना प्रदेश सभाका सदस्य, ३३ जना               प्रदेशभरीका स्थानीय सरकारका प्रतिनिधि, २८ जना विज्ञहरु छन् भने बाँकी मन्त्रीदेखि सचिव र साझेदार संस्थाबाट पदेन सदस्य नियुक्त हुने छन् । संघ सरकारको गठन आदेशअनुसार परिषद गठन गरिएको हो । २० जना विज्ञ नियुक्त गर्नु भन्ने गठन आदेशलाई संशोधन गर्दै मन्त्रिपरिषदको बैठकले २८ जना नियुक्त गर्ने निर्णय गरेको     हो ।
–अनलाइखवरको सहयोगमा


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda