प्रदेश स्तरिय राष्ट्रपति रनिङ्ग शिल्डमा कराँते तर्फ गोरखालाई तीन स्वर्ण
प्रदेश स्तरिय राष्ट्रपति रनिङ्ग शिल्डमा कराँते तर्फ गोरखालाई तीन स्वर्ण
गोरखा ः गण्डकी प्रदेश स्तरिय ११ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीतामा सितोरियो कराँते तर्फ गोरखाले तीन स्वर्ण र तीन कास्य पदक जितेको छ ।
जिल्लाबाट प्रतियोगीतामा सहभागी खेलाडीले कुमुते फाइट र काता तर्फ पदक जितेका हुन् । कुमुते फाइट तर्फ ४० केजी तौलमा भूमिका बस्नेत र ५० केजी तौलमा अनिता घलेले स्वर्ण पदक जितेको नेपाल सितोरियो कराँते गोरखा मेन डोजोका प्रमुख प्रशिक्षक ग्याम्जो लामाले बताए । काता तर्फ वमिन गुरुङले स्वर्ण पदक हात पारेको उनले जानकारी दिए । कुमुते फाइट तर्फ ४२ केजी तौलमा बिजय आले मगर, ४५ केजी तौलमा मनिषा तामाङ र ५२ केजी तौलमा सक्षम लामाले कास्य पदक जितेका छन् । प्रतियोगीताका बिजेता खेलाडी आज (आइतवार) बाट शुरु हुने राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीतामा सहभागी हुन काठमाडौ प्रस्थान गरिसकेको प्रशिक्षक लामाले बताए ।

प्रशिक्षक लामा सम्मानित
नेपाल सितोरियो कराँते गोरखा मेन डोजोका प्रमुख प्रशिक्षक ग्याम्जो लामा सम्मानित भएका छन् । तुलसीपुरको दाङमा केही समय अघि भएको आठौ राष्ट्रिय खेलमा सितोरियो कँराते तर्फ पश्चिमाञ्चल खेलाडीको प्रशिक्षकको रुपमा निर्वाह गरेको नेतृत्वदायी भूमिकाको कदर गर्दै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिति कास्कीले उनलाइ सम्मान गरेको हो । जिल्ला खेलकुद बिकास समितमा समेत आवद्ध रहेका लामा नगद पाँच हजारको साथमा कदरपत्रले सम्मानित भएका हुन् । शुक्रवार समापन भएको गण्डकी प्रदेश स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीताको समापन कार्यक्रममा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवको हातबाट लामाले सम्मान ग्रहण गरेका हुन् ।
