काममा लापरवाही गर्ने ठेकेदारलाई कारवाही गर

काममा लापरवाही गर्ने ठेकेदारलाई कारवाही गर


बुधबार, साउन १, २०७६


काममा लापरवाही गर्ने  ठेकेदारलाई कारवाही गर

जिल्लामा भएका बिकास निर्माणका कामहरुमा ठेकेदारको लापरवाहीले सिमा नाघेको छ । भौतिक संरचना निर्माण होस् वा सडक मर्मत, ठेकेदारको लापरवाही छर्लङ्ग देखिन थालेको छ । एकातर्फ ठेकेदारको लापरवाही अर्कातर्फ नियमन निकायको फितलो अनुगमन । दुवैको अवस्था हेर्दा लाग्छ नियमन निकाय र ठेकेदारकै मिलेमतोमा बिकास निर्माणका काममा लापरवाही भइरहेका छन् । जिल्लामा भएको बिकास निर्माणको काममा लापरवाही गर्ने ठेकेदार कारवाहीका भागेदार हुन् । कारवाही हुनुपर्छ । नियमन निकायको प्रभावकारी अनुगमन पनि आवश्यक छ ।
भूकम्प पश्चात जिल्लामा बिकास निर्माणका कामले तिव्रता पाएकै छन् । सडक कालोपत्रे हुने देखि स्तरोन्नतीका काम भइरहेका छन् । भौतिक संरचनाहरु निर्माण हुदै छन् । गाउँगाउँमा सडक पुगेको छ । मोटरेवल पुलहरु पनि निर्माण भइरहेकै छन् । बिकासको लहर छाउँदै  छ । तर तिनै बिकास निर्माणका काममा भएको लापरवाहीले समस्या निम्त्याइरहेको छ । बारपाक सुलिकोट गाउँपालिकाको स्वाँरा सौरपानी सडकखण्डमा भइरहेको सडक कालोपत्रेको काम गुणस्तरहीन भएको भन्दै स्थानीय आन्दोलनमै उत्रिएका छन् । बनेका नाला र कल्वर्डहरु पनि भत्किएका छन् । त्यस्तै फिनाम घ्याम्पेशाल सडकखण्डमा भएको कालोपत्रे केही दिनमै उप्कियो । त्यहा पनि ठेकेदारको लापरवाही प्रष्ट देखिन्छ । कतिपय योजना सम्पन्न हुनुपर्ने समयसिमा सकिएपनि अलपत्र अवस्थामा छन् । कालोपत्रे भइसक्नुपर्ने १२ किलो बारपाक सडकखण्डको काम अलपत्र छ । घ्याल्चोकमा रहेको तुइन बिस्थापित गर्नका लागी मोटरेवल पुल निर्माणको कामको हालत पनि उस्तै छ ।
यी त उदाहरण मात्र हुन् । जिल्लाका धेरै बिकास निर्माणका कामहरुको अवस्था यस्तै छ । ठेकेदारको लापरवाहीले समस्या निम्तिरहेको छ । त्यसमाथि नियमन निकायको फितलो अनुगमनले काम नगर्ने ठेकेदारलाइ प्रश्रय मिलिरहेको छ । त्यसैले बिकास निर्माणका काममा लापरवाही गर्ने ठेकेदारालाइ कारवाही हुनु जरुरी छ साथै अनुगमनलाइ नियमित र प्रभावकारी बनाउनु आवश्यक देखिन्छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda