मापसे गरी सवारी चलाउने ७५ जनाको लाइसेन्समा प्वाल

मापसे गरी सवारी चलाउने ७५ जनाको लाइसेन्समा प्वाल


शुक्रबार, साउन ३, २०७६


मापसे गरी सवारी चलाउने ७५ जनाको लाइसेन्समा प्वाल

गोरखा ः गत आर्थिक बर्ष जिल्लामा ७५ जना सवारी चालकको लाइसेन्स प्वाल पारिएको छ ।
मादक पदार्थ सेवन गरी  सवारी चलाउनेहरु कारवाहीमा  परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सवैभन्दा बढि ४८ जना मोटरसाइकल चालकको लाइसेन्स प्वाल पारिएको ट्राफिक टिकाराम शर्माले बताए । १३ कार, ८ ट्याक्टर, ५ ट्रक र १ बसका चालकको पनि लाइसेन्स प्वाल पारिएको छ । ‘चेकजाँचको क्रममा मापसे गरेर सवारी चलाएको भेट्यौ,’ ट्राफिक शर्माले भने, ‘सवारी ऐन २०४९ को दफा ४२ अनुसार उनीहरुको लाइसेन्स प्वाल पारेर कारवाही गरेका हौ ।’ अघिल्लो आर्थिक बर्ष २०७४÷७५ मा ६३ वटा लाइसेन्स प्वाल पारिएको उनले बताए ।
७२ लाख ३० हजार राजश्व संकलन
गत आर्थिक बर्ष २०७५÷६६ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले ७२ लाख ३० हजार  राजश्व संकलन गरेको छ । ट्राफिक नियम उल्लघंन गर्ने कुल १० हजार ६ सय सवारीलाइ कारवाही गर्दा उक्त राजश्व संकलन भएको हो । नियम उल्लघंन गर्ने सवारी मध्य सबैभन्दा बढि टूक देखिएको छ । ‘गत बर्ष तीन हजार ३९३ ट्रक कारवाहीमा परे,’ ट्राफिक शर्माले भने, ‘ती बाट २३ लाख ३१ हजार राजश्व उठ्यो ।’ २ हजार १८३ मोटरसाइकललाइ कारवाही गर्दा १५ लाख ३१ हजार राजश्व संकलन भएको उनले बताए । गत बर्ष २ हजार १३५ कार÷जिप÷भ्यान कारवाहीमा परेका छन् । उनीहरुबाट १४ लाख ५५ हजार राजश्व उठेको छ । १ हजार ९२६ ट्याक्टरलाइ कारवाही गर्दा १३ लाख तीन हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ । बसबाट ६ लाख ९ हजार राजश्व उठेको छ । ९ सय ६३ बस   कारवाहीमा परेका थिए । अघिल्लो आर्थिक बर्ष २०७४÷७५ मा कार्यालयले ७१ लाख ६० हजार राजश्व संकलन गरेको थियो । अघिल्लो बर्षको तुलनामा गत बर्ष ७० हजारले राजश्व बृद्धि भएको कार्यालयले जनाएको छ । जिल्लामा पछिल्लो समय सवारी साधनको संख्या बढेको र चेकजाँचमा कडाइ गरिएका कारण राजश्व बढेको कार्यालयले बताएको छ । कार्यालयले गत आर्थिक बर्ष विभिन्न समय र स्थानमा ७९ पटक ट्राफिक सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरेको टूाफिक शर्माले बताए । उक्त कार्यक्रमबाट ६ हजार भन्दा बढि लाभान्वित भएको उनले जानकारी दिए ।

सवारी दुर्घटनामा १४ जनाको मृत्यु



गत आर्थिक बर्ष सवारी दुर्घटनामा परि जिल्लामा १४ जनाको ज्यान गएको छ । कुल ३२ वटा दुर्घटना भएको थियो । मृत्यु हुनेमा दुइ वालक र १५ जना              पुरष रहेको टूाफिक कार्यालयले जनाएको छ । दुर्घटनामा ६२ जना घाइते भएका थिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda