सरस्वती र द ओल्ड क्यापिटल फाइनलमा
सरस्वती र द ओल्ड क्यापिटल फाइनलमा
गोरखा ः जिल्लामा जारी अन्तर माध्यामिक बिद्यालय छात्र फुटवल प्रतियोगीताको आज (सोमवार) फाइनल खेल हुदैछ ।
सरस्वती मावि फिनाम र द ओल्ड क्यापिटल रानिवन बिच प्रतिस्पर्धा हुने आयोजक जिल्ला फुटवल संघले जनाएको छ । आइतवार भएको सेमिफाइनलको पहिलो खेलमा मोर्डन बोर्डिङ स्कुललाइ ६–५ को गोल अन्तरले हराउदै सरस्वती मावि फाइनलमा पुगेको हो । १–१ गोलको बराबरीमा खेलको निर्धारित समय सकिएपछि खेल टाइव्रेकरमा गएको थियो । सेमिफाइनलको दोस्रो खेलमा द ओल्ड क्यापिटलले महालक्ष्मी मावि लक्ष्मीबजारलाइ ४–२ को गोल अन्तरले हराएको अयोजकले जनाएको छ । निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल टाइव्रेकरमा गएको हो । फाइनल खेल आज दिउँसो एक बजेबाट शुरु हुने आयोजक जिल्ला फुटवल संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले बताए ।