सुन किन्ने भन्दा बेच्ने ग्राहक बढे

सुन किन्ने भन्दा बेच्ने ग्राहक बढे


आइतवार, साउन २६, २०७६


सुन किन्ने भन्दा बेच्ने ग्राहक बढे

गोरखा ः जिल्लाका सुनचाँदी पसलमा सुन बेच्ने ग्राहकको संख्या बढ्न थालेको छ ।
सुनको मूल्य बढेसँगै किन्ने भन्दा बेच्नेको संख्या बढेको जिल्लाका सुनचाँदी व्यवसायीहरु बताउछन् ।

‘सुन किन्नका लागी भनेर आउने दिनमा एक÷दुई जना मात्र भेटिन्छन्,’ नवदुर्गा सुनचाँदी पसलका संचालक कृष्ण वहादुर बिश्वकर्माले भने, ‘तर बेच्न प¥यो भन्दै पाँच÷छ जना आउनुुहुन्छ ।’



दिनमा सरदर ३० देखि ३५ तोला सम्म सुन बेच्न ल्याउने गरेको उनको भनाइ छ । ‘सुनको भाउ पनि बढेको छ, अहिले बेच्दा नाफा पनि हुन्छ । फेरि अधिकांशले घर बनाएका छन् पैसा आवश्यक छ, त्यसैले सुन बेच्न थालेका हुन्,’ उनले भने । एक जना ग्राहकले दैनिक सात तोला सम्म बिक्री गर्न ल्याउने गरेको उनले जानकारी  दिए ।

बैकमा राख्दा कम मूल्य पाउने भएकाले पनि पसलमा बेच्न ल्याउने गरेको उनी बताउछन् ।

‘दिनमा आधा तोला सुन पनि बेच्न गाह्रो छ तर ग्राहकहरु ५÷७ तोला बेच्न आउछन् । पैसा छैन पछि आउनुहोस् भनेर फर्काउनु परेको अवस्था छ,’ राजु सुनचाँदी पसलका संचालक राजु बरालीले भने । बेच्ने ग्राहकको संख्या बढेपछि अहिले पसलमा सुन थुप्रिन थालेको व्यवसायीले बताएका छन् ।

नबिकेको सुन राष्ट्र बैकले खरिद गरिदिनुपर्ने उनीहरुको माग छ ।
सुन धितो राखेर ऋण दिन नपाइने
सुनचाँदीका गरगहना धितो राखेर ऋण उपलब्ध नगराउन जिल्लाका व्यवसायीहरुलाइ गोरखा सुनचाँदी व्यवसायी संघले आग्रह गरेको छ ।

धितो वा धरौटीको रुपमा सामानहरु नराख्न राष्ट्र बैकले   गरेको निर्देशन अनुसार संघको यही साउन २२ गते बसेको बैठकले सामानहरु पसलमा धितो राख्न नपाउने निर्णय गरेको संघका अध्यक्ष पर्व बहादुर बिश्वकर्माले बताए । यही साउन २४ गते शुक्रवारदेखि सुनचाँदी तथा    गरगहना धितो नराख्न भन्दै सवै व्यवसायीलाइ पत्राचार समेत             गरिएको उनले जानकारी दिए ।

कोही कसैले सुनचाँदी धितो राखेमा वा राख्न सहयोग गरेमा संघबाट दिइदै आएको सम्पूर्ण सेवा सुविधाबाट बञ्चित गराइने र साधारण सदस्य समेत खारेज गरिने संघले चेतावनी दिएको छ ।

जिल्लामा मासिक २ देखि ५ किलो सुन सम्म आवश्यक पर्ने व्यवसायीहरु बताउछन् । ‘सिजनको बेला ५ किलो सम्म चाहिन्छ, अफसिजनको बेला दुइ किलो भए पुग्छ,’ संघका निवर्तमान अध्यक्ष कृष्ण बहादुर बिश्वकर्माले भने । मासिक दुइ देखि तीन किलो सम्म जिल्लामा सुन आउने गरेको उनी बताउछन् ।

करिव डेढ सय सुनचाँदी पसल रहेको जिल्लामा एक सय ले मात्र पान नम्वर दर्ता गराएका छन् । अवका दिनमा पान नम्वरको संख्याका आधारमा सुन दिने निर्णय महासंघले गरेका  कारण सुनको आवश्यकता पूर्ति हुने बताइएको छ ।
चोरको ‘टार्गेट’ सुन हुन थाल्यो, सतर्क रहनुस् ः एसपी अधिकारी

पछिल्लो समय चोरीमा संलग्न गिरोहले सुन लुट्न थालेको भन्दै सतर्क रहन जिल्ला प्रहरी प्रमुख एसपी ओम प्रसाद अधिकारीले जिल्लाका व्यवासायीहरुलाइ आग्रह गरेका छन् । सुनचाँदी व्यवसायीलाइ सुरक्षा चुनौती थपिएको भन्दै उनले सावधानी अपनाउन सचेत गराएका हुन् ।

शनिवार जिल्ला सदरमुकाममा संघले आयोजना गरेको  परिचयात्मक तथा सचेतनामूलक कार्यक्रममा बोल्दै एसपी अधिकारीले भने, ‘पसलमा सेफ अनिवार्य राख्नुस्, अनि सिसिटिभी पसल भित्र मात्र होइन बाहिर पनि राख्नुस् ।’ साँझको समयलाइ लक्षित गरी सबै व्यवसायी मिलेर सुरक्षा गार्ड राख्न समेत उनले सुझाव दिए ।

‘तपाइहरुको पसल कुर्ने गरी सुरक्षागार्ड राख्नुस् हामी व्याक सर्पाेट गर्छाै,’ उनले भने । बिना बिलको सुन नलिन आग्रह गर्दै एसपी अधिकारीले अवैध सुन लिएको थाहा पाएमा व्यवसायीलाइ समेत कारवाही हुने बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda