घाँटी रेटेर श्रीमतीको हत्या
घाँटी रेटेर श्रीमतीको हत्या
गोरखा ः गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा शनिवार राती श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
स्थानीय २१ वर्षिय याकुव परियारले १८ वर्षकी श्रीमती पूजा परियारको खुर्पाले घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ ।‘भान्छा र सुत्ने कोठा एकै ठाउँमा रहेछ,’ एसपी ओम अधिकारीले भने, ‘राती करिव दश बजेतिर कोठाको चुकुल लगाएर दुवै सुत्ने तयारी गर्दै रहेछन्, श्रीमानले एक्कासी भान्छामा रहेको खुर्पाले श्रीमतीको घाँटीमा हानेछ ।’
घाँटीमा बारम्वार खुर्पा प्रहार गरी अन्तत रेटेर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । हत्याको आरोपमा याकुवलाई शनिवार राती नै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनलाइ आइतवार कर्तव्य ज्यान अन्तरगत मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।
हत्याका आरोपित याकुव मानसिक रोगी भएको प्रहरीले जनाएको छ । ‘पहिले लागूपदार्थ पनि खादो रहेछ, अहिले मानसिक रोगको औषधी पनि प्रयोग गर्दाै रहेछ, घटनाको थप अनुसन्धान हुदैछ,’ उनले भने । उनीहरुको गत मंसिर महिनामा मात्र विवाह भएको थियो ।