प्रदेश स्तरिय कराँते प्रतियोगीतामा गोरखा पहिलो
प्रदेश स्तरिय कराँते प्रतियोगीतामा गोरखा पहिलो
गोरखा ः गण्डकी प्रदेश स्तरिय सितरियो कराँते प्रतियोगीतामा गोरखाले पहिलो स्थान हासिल गरेको छ ।
पोखराको लामाचौरमा भएको प्रतियोगीतामा ७ पदक जितेर गोरखाले पहिलो स्थान हासिल गरेको हो ।नवआर्दश सामुदायिक बिकास समाज कास्कीको आयोजनामा भदौ १३ र १४ गते तेस्रो स्व. नर बहादुर वानिया स्मृति कराँते प्रतियोगीता भएको हो ।
प्रतियोगीतामा गोरखाले ६ स्वर्ण र १ रजत पदक जितेको गोरखा कराँते मेन डोजोका प्रमुख प्रशिक्षक ग्याम्जो लामाले बताए । कुमुते फाइट र एकल काँता तर्फ बुद्ध लामाले दुइ स्वर्ण जितेका छन् । उनी उत्कृष्ट खेलाडी पनि घोषित भए ।
त्यस्तै कुमुते फाइट तर्फ बिभिन्न तौल समूहमा गोरखाका खेलाडी बिजय आले मगर, फिलेमन गुरुङ, मनिषा तामाङ र सारदा प्रधानले स्वर्ण पदक हात पारेका छन् ।
प्रथम भएको गोरखाले १८ हजार नगद पुरस्कार सँगै मेडल र प्रमाणपत्र पाएको छ । सक्षम लामाले भने रजतपदक जित्न सफल भएको प्रशिक्षक लामाले बताए । प्रतियोगीतामा प्रदेशका ११ वटा जिल्लाका खेलाडीहरुको सहभागीता रहेको थियो ।