दशै सस्तो मेला आजबाट शुरु
दशै सस्तो मेला आजबाट शुरु
चाडपर्वलाइ लक्षित गरी आयोजना गरिएको दशै सस्तो बजार मेला आज बाट शुरु हुदैछ । सम्पूर्ण तयारी पुरा भएको आयोजक चेम्वर अफ कमर्स गोरखाले जनाएको छ ।
कुल एक सय ८० स्टल रहने कमर्सका अध्यक्ष भाइचन्द्र श्रेष्ठले बताए ।
‘सबैभन्दा धेरै फेन्सीका स्टल छन्,’ उनले भने, ‘जिल्ला भित्र र वाहिरका आधा–आधा व्यापारी छन् ।’ स्थानीय परिकारलाइ प्रोत्साहन गरिएको उनले बताए ।
कृषि औजार, भाडाकुडा सँगै फुड स्टल समेत रहेको उनले जानकारी गराए ।
कवर्ड हलमा क्यानको स्टल रहनेछ । मेलामा साल्ट टूेडिङको नुन र चिनी सुपथ मूल्यमा उपलब्ध गराइने छ ।
जनमुखी उपभोक्ता सहकारीबाट सुपथ मूल्यमा दैनिक उपभोग्य सामान बिक्री हुनेछ । खाद्य संस्थाले मेला स्थलमा सुपथ मूल्यमा चामल बिक्री गर्नेछ ।
मेलाको आज गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुव्वा गुरुङले उद्घाटन गर्नै बताइएको छ ।
असोज १७ गते सम्म चल्ने मेला अवधि भर बिभिन्न राष्टिूय कलाकारको प्रस्तुती समेत रहने आयोजकले जनाएको छ ।