लाप्राकको मकै विवाह अफ्रिकी फिल्म फेस्टीबलमा
लाप्राकको मकै विवाह अफ्रिकी फिल्म फेस्टीबलमा
गोरखाको लाप्राकमा हुने खाद्य बाली मकैको विवाह सम्वन्धी परम्परागत वृत्तचित्र नेपाल अफ्रिका फिल्म फेस्टीबलका लागि छनौटमा परेको छ ।

मकैको विवाह सम्वन्धी उक्त वृत्तचित्रको निर्माण तथा निर्देशन गोरखाकै पत्रकार भीमलाल श्रेष्ठले गरेका हुन । मकैको विवाह सम्वन्धी वृत्तचित्र यसअघि वि विइल राइज फाउण्डेशनले गरेको मेरो गाउँ मेरो ठाउँ राष्ट्रिय वृत्तचित्र प्रतियोगितामा उत्कृष्ट स्क्रीप्ट अवार्ड पनि पाइसकेको छ । महोत्सवमा १३ वटा नेपाली वृत्तचित्र प्रर्दशन हुने भएको छ ।

नोभेम्वर २ देखि ४ सम्म राष्ट्रिय नाँचघर जमलमा हुने ३ दिने फेस्टीबलका लागि नेपाल सहित विभिन्न देशका गरी कूल २५ वृत्तचित्रको प्रर्दशनका लागि छनौट भएको आयोजकले जनाएको छ । नेपाल बाहेक नाइजेरिया, केन्या, घाना, साउथ अफ्रिका, इजिप्ट, जिम्बाबे, नर्वे , जर्मनी लगायत देशका वृत्तचित्रहरु प्रर्दशनका लागि छनौट भएको छ ।