टिभी र प्रेसर कुकर चोर्ने पक्राउ
टिभी र प्रेसर कुकर चोर्ने पक्राउ
गोरखा ः सदरमुकाम स्थित हरमटारी चोकमा रहेको हिमालयन गोरखा नेटवर्कको कार्यालयबाट टिभी र प्रेसर कुकर चोरेर फरार रहेका युवकलाइ प्रहरीले पक्राउ गरेको छ ।
ससुरालीबाट फर्कदै गरेका गोरखा नगरपालिका–१ ताप्लेका २१ बर्षिय भुवन नेपालीलाइ शुक्रवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत शनिवार राती कार्यालयबाट नेपाली टिभी र प्रेसर कुकर चोरेर भागेका थिए । ट्रक चढेर आवुखैरेनी जान लागेका नेपालीलाई बिशेष सूचनाको आधारमा हरमटारीचोक बाट पक्राउ गरिएको डिएसपी मित्रवन्धु शर्माले बताए ।
चोरी भएको टिभी समेत प्रहरीले फेला पारेको छ ।
गोरखा नगरपालिका–८ स्थित किरण थापाको घरको भुइतलामा निर्माणाधिन सेफ्टी ट्याङकीमा लुकाइराखेको अवस्थामा टिभी फेला परेको डिएसपी शर्माले जानकारी दिए ।