उत्तरी गोरखाको चेकजाँचमा प्रहरीद्धारा कडाई

उत्तरी गोरखाको चेकजाँचमा प्रहरीद्धारा कडाई


सोमवार, कार्तिक २५, २०७६


उत्तरी गोरखाको चेकजाँचमा प्रहरीद्धारा कडाई

गोरखा ः चुमनुव्री गाउँपालिका–३ सिर्दिवास स्थित जगतमा सुरक्षा चेकजाँचका लागी ‘मेटल              डिक्टेटर’ प्रयोग हुन थालेको छ ।

आइतवारदेखि उक्त मेसिन बाट चेकजाँच शुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ‘जगत उत्तरी क्षेत्र आउजाउ गर्ने नाका पनि भएकाले अवैध रुपमा सामान ओसारपसार हुन सक्छ,’ एसपी ओम प्रसाद अधिकारीले भने, ‘त्यसलाइ मध्यनजर गर्दै प्रविधिमैत्री सुरक्षा चेकजाँचको व्यवस्था गरेका हौ ।’



मेसिन प्रयोग गर्ने तरिका बारे जगत प्रहरी चौकीका               प्रहरीलाइ सामान्य तालिम दिइएको उनले बताए । ‘यो मेसिनले चेकजाँच गर्दा मेटलका सामान भयो भने कराउँछ, सुन वा हतियार लगायतका सामान लुकाएर ल्याएको भएपनि थाहा हुन्छ’, उनले भने ।

उक्त मेसिनको प्रयोगले चेकजाँच भरपर्दाे र छिटो हुने एसपी             अधिकारीको भनाइ छ । सो क्षेत्रमा रहेको भन्सार कार्यालय लामो समय देखि कर्मचारी विहीन छ ।             ‘भन्सारमा कर्मचारी पनि नहुँदा त्यहाँ चेकजाँचमा कडाइ गर्नुपर्ने थियो, त्यसैले मेसिन राख्यौ, अव माछाखोलामा राख्ने योजना छ’, उनले भने ।

सचेतनामूलक कार्यक्रम

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सरस्वती मावि आहालेमा सचेतनामूलक कार्यक्रम भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय गण्डकी प्रदेश पोखरा र जिल्ला प्रहरी कार्यालय गोरखाको आयोजनामा विद्यार्थीहरु लाई बालबालिका सम्बन्धी                अपराध र ट्राफिक व्यवस्थापन सम्बन्धी सचेतनामूलक कक्षा संचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको  छ । कार्यक्रममा कक्षा ९ देखि १२ सम्म पढ्ने १ सय ५० विद्यार्थीको सहभागिता रहेको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda