आन्तरिक पर्यटकको रोजाइमा संग्राहालय
आन्तरिक पर्यटकको रोजाइमा संग्राहालय
केशव गुरुङ
गोरखा ः शैक्षिक भ्रमणमो सिजन शुरु भएसँगै गोरखा सग्रहालय घुम्न आउने आन्तरिक पर्यटक को संख्या वढेको छ ।
नेपाल एकीकरणको उद्गम थलोको रुपमा रहेको गोरखा सग्रहालयमा शाहकालीन इतिहास बुझन आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेको गोरखा सग्रहालयले जनाएको छ ।
संग्रहालयको तथ्याङकका अनुसार चालु आर्थिक वर्ष २०७६÷७७ चार महिनाको अवधिमा २३ हजार ७ सय ५३ जनाले सग्राहलय अवलोकन गरेका छन् । यी मध्ये १५ हजार ६ सय ५७ नेपाली र ७ हजार ६ सय ५७ विद्यार्थी रहेको संग्रहालयका सहायक पद प्रदर्शक सुनिता भडेलले बताइन् ।
त्यस्तै ४ सय ४ विदेशी र ३० जना सार्क राष्ट्रबाट आएको उनले जानकारी दिइन् । ‘धेरै जसो ग्रुप बनाएर आउनु हुन्छ, सिजनको बेला एक दिनमा ५ देखि ६ सय सम्मले अवलोकन गर्छन,’ उनले भनिन, ‘धेरै नेपालको शाहकालीन इतिहास बुझन भनेर आउछन ।’
पोखरा विरगञ्ज, झापा, काठमाडौ लगायत ठाउँहरुबाट पर्यटकहरु आउने गरेको उनले बताइन् । ‘असोज कार्तिक मसिंरमा धेरै पर्यटक आउने सिजन हो, अभैm आउन बाँकी नै छ, अघिल्लो वर्षको तुलनामा यो वर्ष पर्यटक बढ्ने अनुमान गरेका छौ,’ उनले भनिन ।
संग्रहालय भित्र शाहवंशको इतिहास, हातहतियार, कलात्मक भाँडावर्तन, धार्मिक बाजा, तैल चित्र, जन्मकुण्डली लगायतका कक्षहरु राखिएका छन् । त्यस्तै संग्रहालयको मूल प्रवेशद्धारमा सन १७९२ मा निर्मित दुई वटा शानदार तोपहरु आकर्षक ढंगले राखिएका छन् ।
संग्रहालय आउने अधिकाश पर्यटकहरु गोरखाली सेनाले प्रयोग गर्ने गरेका हातहतियार कक्ष, धार्मिक बाजा कक्ष र विभिन्न जातजातिका भेषभुषा कक्षमा धेरै रमाउने गरेको उनले बताइन् । तल्लो दरबारको रुपमा परिचित गोरखा संग्रहालय पछिल्लो समयमा शैक्षिक भ्रमणमा रोजाइमा पर्ने गरेको उनले बताइन् ।
‘संग्रहालय घुम्न आउने विद्यार्थीहरुको संख्या पनि बढ्दै गएको छ, धेरै विद्यार्थीहरु किताबमा पढेको कुरा बुझन यहि आउछन्,’ उनले भनिन् ।
यसले संग्रहालयको प्रचार हुनुका साथै धेरै नेपालको शाहवंशीय इतिहास बारेमा धेरैलाई जानकारी संग्राहालयको अपेक्षा छ ।
सोमबार संग्राहालय परिसरमा भेटिएका गढीगाउँ माध्यमिक विद्यालय झापाका शिक्षक झलनाथ गौतमले विद्यार्थीहरुलाई नेपाल इतिहास बुझाउन गोरखा संग्रहालय ल्याएको बताए । ‘नेपालको शाहवंश कार्यकालका पुराना हातहतियार र इतिहास वुझन आएका हौ, उनले भने,‘ किताबमा पढाउनु भन्दा प्रत्यक्ष रुपमा पुराना हतियार देखाउदा विद्यार्थीलाई वुझाउन पनि सजिलो हुन्छ ।’
गोरखा संग्रहालय नजिकै रहेको गोरखा दरबार हाल सम्म पुननिर्माण नभएको प्रति भने उनले असष्तृष्टि जनाए । नेपाल एकीकरणको ऐतिहासिक ठाउँ भएकाले दरबार चाडो निर्माण हुनुपर्ने उनले बताए ।
गोरखा संग्रहालय सन १८३९ मा राजा राजेन्द्र विक्रम शाहद्धारा स्थापना गरेका हुन् । संग्रहालयको बगैचा, बाल उधान, विश्राम स्थलहरु सहित ३ं५ हेक्टर क्षेत्रफलमा पैmलिएको छ ।
संग्राहालय घुम्न आउने पर्यटक प्रवेश शुल्क बापत मात्र चालु वर्ष पाच लाख ९ हजार आठ सय ८५ रुपैया राजस्व संकलन भएको छ । यहा आएका पर्यटकले १५ मिनेटको वृत्तचित्र पनि अवलोकन गर्न सक्नेछन् ।