सहज रुपमा कर तिर्ने व्यवस्था मिलाउन आग्रह

सहज रुपमा कर तिर्ने व्यवस्था मिलाउन आग्रह


मङ्लबार, मंसिर ३, २०७६


सहज रुपमा कर तिर्ने व्यवस्था मिलाउन आग्रह

गोरखा ः कर तिर्नका लागि बिभिन्न झन्झट व्यहोर्नुपरेको जिल्लाका व्यवसायीले गुनासो गरेका छन् ।
आठौँ राष्ट्रिय कर दिवसको अवसरमा भएको सप्ताह कार्यक्रम अन्तर्गरत आन्तरिक राजश्व कार्यालय दमौलीद्धारा सोमबार जिल्ला सदरमुकाममा आयोजित करदाता शिक्षा तथा अन्तक्रिया कार्यक्रमका सहभागीले यस्तो गुनासो गरेका हुन् ।

थोरै रकमको कर तिर्न पनि दिनभर कार्यालयमा कुर्नुपर्ने बाध्यता रहेको निर्माण व्यवसायी उमेश आर्यालले  बताए । कर तिर्नु सबैको दायित्व भएपनि राज्यले कर तिर्न छिटो र सरल वातावरण बनाइदिनुपर्ने उनको माग छ ।



त्यस्तै गोरखा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कुष्ण कुमार श्रेष्ठले कर दर्ता प्रक्रिया झन्झटिलो भएको बताए ।

संविधानमा स्थानीय तह वा घरेलु जुन कुनैमा दर्ता भएको उद्योगलाइ मान्यता दिएपनि बैक र कुषि ज्ञान केन्द्रले घरेलुमा दर्ता भएकोलाई मात्र स्वीकार गर्ने                  गरेको उनको भनाइ छ । कार्यक्रममा सहभागिहरुले व्यवसायीहरु भ्याट र प्यानको               बारेमा अनभिज्ञ हुदा विना कारण निरन्तर जरिवाना तिर्नु परेको गुनासो गरे ।

त्यसका लागी प्रशिक्षणमूलक कार्यक्रम संचालन गर्न उनीहरुले सुझाव दिए । कार्यालयका प्रमुख कर अधिकृत सुर्य प्रसाद सेढाइले व्यवसाय गर्नु अघि अनिवार्य दर्ता गर्नुपर्ने          बताए ।

आफ्नो कारोबार लुकाउन नहुने  बताउदै बास्तविक कारोबारको अनिवार्य कर तिर्न उनले आग्रह गरे । कर सम्बन्धी नयाँ व्यवस्थाका बारेमा सहजीकरण गर्दै कार्यालयका कर अधिकृत राम प्रसाद सुवेदीले सबै कर्मचारीको अनिवार्य बैङ्ग खाता र प्यान नम्बर हुनुपर्ने         बताए ।

सामान नकिन्ने व्यक्तिलाई विल दिएको प्रमाण भेटिएमा           कारोबारको आधा प्रतिशत             जरिवाना तिनुपर्ने र ६ महिना जेल सजाय हुन सक्ने समेत उनले चेतावनी दिए ।

कार्यालय प्रमुख कर अधिकृत सेढाइको अध्यक्षतामा भएको कार्यक्रममा कोष तथा लेखा नियन्त्रक कार्यालय गोरखाका प्रमुख नारायणदत्त शर्मा, जिल्ला समन्वय अधिकारी यमेन्द्र उपाध्याय, राष्ट्रिय वाणिज्य बैङ्ग गोरखा शाखाका प्रमुख कपिल कार्की, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष जीवनज्योति श्रेष्ठ, चेम्बर अफ कर्मसका गोरखाका अध्यक्ष भाइचन्द्र श्रेष्ठ लगायतले धारण    राखेका थिए ।

मंसिर ७ गते              गोरखा, तनहु, लमजुङ र मनाङबाट सबै भन्दा धेरै कर तिर्ने एक÷एक जना करदातालाई सम्मान गरिने कार्यालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda