गोरखाको मकै पर्व
गोरखाको मकै पर्व
यदु प्रसाद अधिकारी
नेपाल १ सय २५ जातजाति र १ सय २९ भाषाभाषीहरुको बासस्थान हो । यहाँ बसोबास गर्ने हिमाली भेग देखि तराई सम्मका जातजातिहरुले आ–आफनो धर्म सस्कृति अनुसार विभिन्न चाडपर्व मनाइरहेका छन् ।
नेपालमा बसोबास गर्ने कलाकौशल र सस्कृतिमा निपूर्ण जाति मध्ये नेवार जाति अग्रपंतिमा पर्दछ । नेपालका हिन्दू बुद्ध, मुस्लिम आदि धर्मावलम्बीहरुले आ–आफनो धार्मिक संस्कार र पात्र अनुसार चाडपर्व मनाएको देखिन्छ । नेपालका एकादशीहरु मध्ये असारको एकादशीलाई हरि शयनी भनी पवित्र मान्दछन् । त्यस दिन तुलसी रोपेर धर्म गर्ने प्रचलन छ ।
कार्तिकको एकादशीलाइ हरि बोधनी एकादशी भनी पवित्र मान्दछन् । अघिल्लो दिन रातभरि पूजा पाठ गरी पवित्र नदीमा पूmलको टोली तार्ने नुवाई धुवाई गर्ने र दान दक्षिणा गर्ने काम गर्दछन् । नेवार जातिले भने कार्तिक पूर्णिमालाई शुभदिन मानेर यस दिनमा विष्णु, नारायण र शिवको आरधना गरेमा पूण्य फल प्राप्त हुन्छ भन्ने विश्वास गर्छन् । पवित्र तीर्थ र हिम रेखाबाट बगेका नदीका संगम स्थलमा नुहाउँदा शरीर स्वच्छ भई धर्म प्राप्त हुन्छ भन्ने विश्वास गर्दछन् ।
यस दिनमा गोरखाको बूढीगण्डकी, दरौदी, चेपे र मस्र्याङदी नदीमा भगवानको नाममा बत्ती बालेर बगाउने काम गर्दछन् । यसो गर्नाले पुण्य प्राप्त हुन्छ भन्ने विश्वास गर्दछन् । ११ वटा कौडा किनेर खरिद गरेर राखेर तेज र बेसार लेपन गरी घरको ढुकुटीमा राख्दा धन प्राप्त हुन्छ भन्ने विश्वास गर्दछन् ।
यस पूर्णिमामा चन्द्रमालाई चढाएको अन्न माग महिनामा अन्नको भकारीमा एक दुई वटा गेडा मिसाएर खाएमा आत्मा पवित्र हुन्छ भन्ने विश्वास गर्दछन् । लाख बत्ती बालेको तामाको आरीले भकारीको अन्न झिकेर आएमा फारु र पुण्य हुन्छ भन्ने विश्वास आदिकाल देखि नै नेवारी समाजमा प्रचलित छ । (शख नारायण श्रेष्ठ)
कार्तिक पूर्णिमामा घरको मूलढोकामा आँपको पातको तोरण टाँस्दा सकारात्मक सोच र उर्जा प्राप्त हुन्छ भन्ने विश्वास यी समुदायले गरेको देखिन्छ । शिवलिङ्गमा गाईको दूध र सेतो चामल चढाइ पूजा गदा धर्म प्राप्त हुन्छ र त्यस पछि गरिब निमुखाहरुलाई दान गर्दा पुण्य प्राप्त हुन्छ भन्ने विश्वास गर्दछन् ।
हिन्दू धर्मग्रन्थ र विज्ञानमा वर पिपल र तुलसीमा अक्सिजन हुन्छ, तिनीहरुको पूजा गरेमा रुख र विरुवाको संरक्षण भइ धर्म प्राप्त हुन्छ भनेर जनमानसमा विश्वास देखिन्छ ।
नेपाली समाजमा नेवार जातीका ३ सय ६५ दिन मध्ये ३ सय ६६ चाडपर्व हुन्छ भनेर लोकोक्ति पाइन्छ । मध्य रातमा चन्द्रमा पूजा गरेर अर्घ चढाउनाले पुण्य प्राप्त हुन्छ । त्यस दिनमा उपबास बसी ब्रह्मचर्य रहनाले धर्म प्राप्त हन्छ भन्ने विश्वास पाइन्छ ।
गोरखा जिल्लामा रामशाहको पालामा काठमाडौँ,भक्तपुर र पाटनबाट श्रेष्ठ, मास्के, जोशी आइ बन्द व्यापार र अन्न व्यावसाय अगाडि बढाए । यिनीहरुले ठाउँ ठाउँमा भीमसेनको मन्दिर स्थापना गरेर पूजा चलाए । श्रीकृष्ण पूजारीको रुपमा जोशीलाई जिम्मा दिए । रथ तान्न श्रेष्ठ, मास्के लगायत सबैले सहभागिता जनाए ।
उपत्यकामा प्रचलित धर्म र सस्कृतिलाइ अपनाइ विभिन्न ठाउँमा प्रचार गर्ने काम यस जातिले गरे । यस जातिले कार्तिकको ठूलो एकादशीको सट्टा पूणर््िामाको दिनलाई पवित्र मानी अरु जातिले गरेर सम्पूर्ण धार्मिक कामहरु पूर्णिमाको दिनमा गर्दछन् ।
त्यसका अलवा रातीको समय मकै लगायत नौ वटा अन्न सुकाउने काम गर्दछन् । २०३२ पूर्व सामुहिक रुपमा यो पर्वलाई नेवार जातीले मनाइरहेको थियो । त्यस पछि घर घरमा मनाए पनि सामुहिक रुपमा मनाउने काम भएको थिएन । ऐतिहासिक संरक्षण विकास समितिले २०७६ कार्तिक पूर्णिमामा सामुहिक रुपमा मकै सुकाउने पर्व मनाइयो । (शुरेसमान श्रेष्ठ )
लोपोन्मुख अवस्थामा पुगेको सामुहिक पर्वलाई प्रचार प्रसार गरी सम्पूर्ण पोखरीथोक बासीहरुलाई जम्मा गरी सकारात्मक सन्देश दिने काम यसले गरेको छ । दिउसोको समयमा भगवान सूर्यले अन्नको बोट बढाइ पकाउने काम गर्दछन् ।
रातीको समयमा भगवान रुपी चन्द्रमालाई मकै लगायत विभिन्न नौ थरी भन्दा बढीका अन्न चढाउदा पवित्र हुन्छ भन्ने धारणा पाइन्छ । चन्द्रमा र सूर्यलाई चढाउदा विभिन्न देवीदेवताको मूर्ति अन्नबाट बनाइ धुमधामसँग सुकाउने काम गर्दछन् । चामलको खट्टे भुट्ने काम गर्दछन् ।
मकै, चामल, बदाम, मास, तिल, मस्याङ, जुनेलो, केराउ, चना आदि यी बाहेक अरु अन्न पनि सुकाउने काम गर्दछन् । अन्न सुकाउदा नेवारी भाषामा भजन किर्तन गरी बाजा बजाउने काम पूर्खाहरुले गरेका थिए ।
हाल नेवारी भाषा पोखरीथोकमा बढी प्रचलित नभएकोले नेपाली भाषामा नै भजन किर्तन गर्ने चलन चलेको छ । गणेश, शिव, कृष्ण, कालीको नाममा भजन किर्तन गरी रोजक ढङ्गले नृत्य पनि प्रस्तुत गर्दछन् । ( थिरभक्त, मोहनलाल श्रेष्ठ र धिरज बहादुर मास्के )
यस जिल्लामा भव्य र सब्य रुपमा मनाएको मकै सुकाउने पर्वलाई सामुहिक रुपमा मनाउने अभियानलाई अगाडि सारेर पर्वमा रम्न पाउदा नेवारी जाति प्रफुल्ल देखिन्छन् ।
यो मकै सुकाउने पर्वलाई निरन्तर रुपमा मनाउने काम गोरखाली नेवारहरुले अगाडि बढाउन । यो पर्व नेवारको मात्र नभइ सम्पूर्ण गोरखालीहरुको पर्व बनोस् । यसले पर्यटकहरुलाइ विमुग्ध बनाउ सकोस । यसैमा हाम्रो शुभकामना छ ।