१४ सय २२ घरधुरीमा धारा
१४ सय २२ घरधुरीमा धारा
गण्डकी गाउँपालिकामा १४ सय २२ घरधुरीमा खानेपानीको धारा जडान भएको छ ।
रैले इन्टरनेशनलको आर्थिक सहयोगमा गोरेटो गोरखाले धारा जडान गरेको हो ।
गाउँपालिकाको वडा नम्वर ३ र ४ फुजेल, ५ दर्वुङ र ७ र ८ घ्याल्चोकमा धारा जडान गरिएको गोरेटो गोरखाका इन्स्याक परियोजना प्रमुख बिनोद पाण्डेले बताए । ‘वडा नम्वर ३ दुवाडी स्वाँरामा १९, आमडाँडामा ७९ र वडा नम्वर ४ पौवामा ९० घरधुरीमा धारा जडान गरेका छौ,’ उनले भने ।
प्रदेश सरकारको एक घर एक धारा अभियानमा सघाउ पु¥याउने उदेश्यका साथ काम गरिएको उनको भनाइ छ ।
दुइ करोड ७६ लाख लागतमा खानेपानी क्षेत्रमा काम गरिएको बताउदै पाण्डेले जीविकोपार्जनमा पनि काम गरिएको बताए । फुजेल, घ्याल्चोक र दर्वुङमा ३ सय ३९ जनालाई जिविककोपार्जनका लागी सहयोग गरिएको उनको भनाइ छ ।
‘४८ घरधुरीलाई सुधारिएको गोठका लागी सहयोग ग¥यौ, १८ जनालाइ व्यापार प्रयोजनका लागी डिजिटल तराजु र त्रेट वितरण गरेका हौ,’ उनले भने ।
गोरेटोले निर्माण गरेको खानेपानी आयोजनाको मंगलवार अनुगमन गरिएको छ । जिल्ला समन्वय समितिक प्रमुख, कृषि ज्ञान केन्द्र, खानेपानी डिभिजन कार्यालय, जनप्रतिनिधी, पत्रकार लगायतको टोलीले आयोजनाको संयुक्त अनुगमन गरेको हो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष होम बहादुर रानाले गोरेटो गोरखाले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा पनि समन्वय गरेर अघि बढ्न तयार रहेको बताए । खानेपानीको सहजता भएसँगै स्थानीयहरु कृषि पेशामा आकर्षित भएका छन् ।
गण्डकी गाउँपालिका(४ भदौरेका स्थानीयले काउली खेती शुरु गरेका छन् । २३ घरधुरी मध्य १० घरधुरीले टनेल निर्माण गरेका छन् । टनेल निर्माण देखि विरुवा उत्पादनसम्म बिदेशी नागरिकले श्रमदान गरेका थिए । विरुवा उत्पादन गरेर स्थानीय कृषकलाइ वितरण गरिएको पाण्डेले बताए । टनेलमा खेती गर्दा उत्पादनमा बृद्धि भएको कृषक रमेश पोखरेलले बताए ।
बाकी १३ घरधुरीलाइ भने बाख्रा खोर निर्माणका लागी सहयोग गरिएको उनले जानकारी दिए । सोही अवसरमा गोरेटो गोरखाले निर्माण गरेको भिमसेनथान खानेपानी आयोजनाको उद्घाटन समेत गरिएको छ ।
कुल २१ लाख ७७ लाखमा आयोजना निर्माण भएको गोरेटो गोरखाका कार्यकारी प्रमुख पवनरमण खनालले बताए । बिदेशी नागरिकले पाँच लाख बराबरको श्रमदान गरेको उनले जानकारी गराए ।