रेसे सिङला भलिवलको उपाधी थामरा धार्चेलाई
रेसे सिङला भलिवलको उपाधी थामरा धार्चेलाई
धार्चे गाउँपालिका–५ सिङलामा रेसे सिङला तथा माघे सक्रान्ति मेला सम्पन्न भएको छ ।
जन सेवा युवा क्लवको आयोजनामा २ गतेबाट शुरु भएको मेला मंगलवार सम्पन्न हो । मेलाकै अवसरमा पुरुष र महिला तर्पm खुल्ला भलिबल प्रतियोगिता, नृत्य प्रतियोगिता भएको थियो ।
पुरुष तर्पm भएको खुल्ला भलिबल प्रतियोगितामा थामरा धार्चे युवा क्लव गुम्दाले उपाधि जितेको छ । उपाधी बिजेता क्लबले नगद ५० हजार पुरस्रकार सहित कप, मेडल र प्रमाण पत्र पाएको कार्यक्रम संयोजक राज गुरुङले बताए ।
दोस्रो र तेस्रो भएका लार्के दुर्गम समुदाय युवा क्लव लप्सीबोट र न्यु मन्जुश्री गुम्बा युवा क्लव काशीगाउँले क्रमश नगद ३० हजार र २० हजार पुरस्कारको साथमा कप, मेडल र प्रमाण पत्र पाएको गुरुङले जानकारी दिए ।
सान्त्वना भएका सिंह देवी आधारभूत विद्यालय सिङ्लाले नगद १० हजार र प्रमाण पत्र पाएको छ । महिला तर्पmको खुल्ला भलिवल प्रतियोगितामा थामरा धार्चे युवा क्लव गुम्दा प्रथम भएको छ ।
उक्त क्लबले नगद २० हजार सहित कप, मेडल र प्रमाण पत्र पाएको छ । दोस्रो र तेस्रो भएका जनसेवा युवा क्लव सिङ्ला र साहारा युवा क्लव गोरखाले क्रमश नगद १५ हजार र १० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।
कार्यक्रमकै अवसरमा गाउँपालिका स्तरीय निमावी वक्तुत्वकला प्रतियोगिता भएको छ । प्रतियोगीतामा सिंह देवी आधारभूत विद्य्रालयका योगेश्वर चदारा पहिलो, सूर्याेदया मावि गुम्दाका अनिल सुनार दोस्रो र सात कन्या मावि खोर्लाका सम्झना गुरुङ तेस्रो भएका छन् । उनीहरुलाई मेडल, टूफी र प्रमाण पत्र दिइएको गुरुङले बताए ।
त्यस्तै नृत्य तर्पm प्रथम स्थान हासिल गरेका आरमाया गुरुङ र छमिता गुरुङले औठी, मेडल र प्रमाण पत्र पाएका छन् । नृत्य तर्पm मान्ध्वज तामाङ र मनिषा तामाङ दोस्रो र सुसील गुरुङ र सन्जु सेन्चुरी तेस्रो भएका छन् ।
दोस्रो र तेस्रो हुनेले सिक्री, मेडल र प्रमाण पत्र पाएका छन् । त्यस्तै सान्त्वना हुने आसमाया र मनमाया गुरुङले चाँदीका सिक्री, मेडल र प्रमाण पत्र पाएका छन् ।
७ किलोमिटर म्याराथुन प्रतियोगिता मौसकका कारण स्थगित गरिएको थियो । भ्रमण वर्षलाई लक्षित गरेर धार्चेको रुकाङ डाँडाबाट प्लाराग्लाडिङ उडान गरिएको आयोजकले जनाएको छ ।