स्थापना दिवसको अवसरमा सरसफाई
स्थापना दिवसको अवसरमा सरसफाई
कृष्ण प्रणामी युवा परिषद नेपालको २७ औँ स्थापना दिवसको अवसरमा शनिवार सरसफाइ कार्यक्रम भएको छ ।
गोरखा नगरपालिका–८ रानिवन स्थित मंगल वृन्दावन आश्रम र आसपासको क्षेत्रमा सरसफाइ गरिएको हो ।
परिषदको जिल्ला समिति गोरखाको आयोजनामा कार्यक्रम भएको समितिका सचिव विन्दा खत्रीले बताइन् ।
समितिका अध्यक्ष इन्द्रावती खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष इन्द्र कुमारी खत्री, पूर्व केन्द्रिय सदस्य भिम बहादुर खत्री, मोहन घिमिरे लगायतले मन्तव्य राखेका थिए ।