द्रव्यशाहमा निशुल्क आँखा जाँच शिविर
द्रव्यशाहमा निशुल्क आँखा जाँच शिविर
गोरखा नगरपालिका–९ लक्ष्मीबजारको द्रब्यशाह बहुमुखी क्याम्पसमा निशुल्क आँखा जाँच शिविर भएको छ ।
लायन्स क्लव अफ गोरखा र स्वतन्त्र विद्यार्थी यूनियन द्रब्यशाह बहुमुखी क्याम्पसको आयोजनामा बिहीवार भएको शिविरमा एक सय ५३ जनाले आँखा जाँच गराएका छन् ।४३ जना छात्र र एक सय १० जना छात्राले आँखा जाँच गराएको क्याम्पसले जनाएको छ ।
आँखा जाँच गराएका मध्य ३२ जनालाई चस्मा बितरण गर्नुपर्ने देखिएको चिकित्सक खुम प्रसाद पराजुलीले बताए ।
उनीहरुलाई आँखा अस्पतालबाट निशुल्क चस्मा बितरण गरिनेछ । अधिकासं विद्यार्थीको आँखामा सुख्खापन र कम दृष्टि क्षमताको समस्या देखिएको पराजुलीले बताए ।