कोइराला परिवारबाटै कांग्रेस सभापति हुनुपर्छ भन्ने छैन : शेखर कोइराला

कोइराला परिवारबाटै कांग्रेस सभापति हुनुपर्छ भन्ने छैन : शेखर कोइराला


शनिबार, चैत्र १, २०७६


कोइराला परिवारबाटै कांग्रेस सभापति हुनुपर्छ भन्ने छैन : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति कोइराला परिवारबाटै हुनुपर्छ भन्ने पक्षमा आफू नरहेको बताएका छन् । यद्यपि उनले आफूलाई भने सभापतिको दाबेदारको रुपमा प्रस्तुत गरेका छन् ।

नेपाल प्रेस युनियनले शनिबार गोरखामा आयोजना गरेको पत्रकार भेटघाटमा डा. कोइरालाले १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घुमाउरो पाराले बताए । तपाईं सभापतिको उमेदवार हो की होइन ? भन्ने पत्रकारको प्रश्नमा कोइरालाले भने, ‘मेरो खुट्टा परालको होइन भन्ने बुझ्नुस् ।’



तर कोइराला परिवारबाटै सभापति हुनुपर्छ भन्ने मान्यता आफूमा नरहेको उनले बताए । ‘विरासतको राजनीतिमा म विश्वास गर्दिनँ, कर्ममा विश्वास गर्छु,’ गोरखा सरदमुकाममा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘जसले मेहनत गर्छ, जो कार्यकर्ता माझ पुगेर रिझाउन सक्छ, त्यही सभापति हुन्छ ।’

उनले सबैको चाहना बुझेर सभापतिका लागि उमेदवारी दिने कि नदिने भन्ने निर्णय गर्ने पनि बताए । ‘गोरखामा मात्रै ५० जना महाधिवेशन प्रतिनिधि हुनुहुन्छ, उहाँहरुसँगै अरुको चाहना पनि बुझ्नु पर्यो, उहाँहरुको चाहना जे छ, म त्यहीअनुसार अघि बढ्छु,’ उनले भने ।

मिति तय भएसँगै १४ औं महाधिवेशनको चुनाव लागिसकेको उनले बताए ।

फरक प्रसंगमा बोल्दै उनले कांग्रेस विधि र विधानबाट नभइ भागबण्डाबाट चलेको आरोप लगाए । पार्टीभित्र अलोकतान्त्रिक गतिविधि बढिरहेको उनको भनाइ छ । कांग्रेसले प्रतिपक्ष दलको भूमिका निर्वाह गर्न नसकेको बताउँदै उनले भने, ‘सरकार भ्रष्टाचारमा सामेल छ, प्रतिपक्ष दल चुप लागेर बसेको छ, यसले लोकतन्त्र धरापमा पर्ने भयो ।’

पछिल्लो समय केही पदाधिकारीहरु बसेर पार्टीका निर्णयहरु हुन थालेको बताउँदै उनले त्यो आफूलाई मान्य नहुने बताए । ‘केन्द्रीय समितिमा छलफल गर्दैनन्, दुई÷चार जना पदाधिकारी र पूर्वपदाधिकारी बसेर निर्णय गर्दै जाने अनि हामी त्यसलाई स्वीकार गर्दै हिँड्नुपर्यो भने त्यो जस्तो लाजमर्दाे कुरा केही हुँदैन,’ कोइरालाले भने । केन्द्रीय समिति वा कार्यसम्पादन समिति बनाएर पार्टीका निर्णयहरु हुनुपर्ने उनको भनाइ छ ।

कोरोना विरुद्धको अभियानमा साथ दिन औपचारिक कार्यक्रम तथा सभा सम्मेलन नगर्ने पार्टीको निर्णय विपरीत कार्यक्रममा सहभागी भई गुटको भेला गर्दै हिँडेको आरोप लागिरहेको बेला कोइरालाले भने शुक्रबार गोरखामा भएको कार्यक्रम दुई महिनाअघि निर्धारित कार्यक्रम भएको बताए ।

गुटको भेला गर्दै हिँडेको भन्दै कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले कोइरालालाई शुक्रबार नै काठमाडौं फर्कन निर्देशन दिएका थिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda