स्वास्थ्य सहायता कक्ष स्थापना
स्वास्थ्य सहायता कक्ष स्थापना
कोरोना भाइरसको संक्रमण फैलन नदिन आवुखैरेनी गाउँपालिका वडा नम्वर ४ मुग्लिङ पुल जिपमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ ।
गाउँपालिकाले आइतवार कक्ष स्थापना गरेको हो ।
कक्षमा दुइ जना स्वास्थ्यकर्मी रहनेछन् ।
उनीहरुले कोरोना भाइरस सम्बन्धी जनचेतनामूलक सन्देश बाड्ने र सावुन पानीले हात धुन सिकाउने बताइएको छ ।
स्वास्थ्य सहायता कक्ष गाउँपालिका अध्यक्ष गिर बहादु थापाले उद्घाटन गरे ।