पुल भासिँदा आवागमन अवरुद्ध
पुल भासिँदा आवागमन अवरुद्ध
गोरखा : मस्र्याङदी नदीमा आएको बाढीले पालुङटार नगरपालिकाको मुख्य प्रवेशद्धारमा रहेको बेलिव्रिजमा क्षति पु¥याएको छ ।
तनहूँको भानु नगरपालिका–३ तुरतुरे र गोरखाको पानपा–५ हवाइग्राउण्ड जोड्ने मस्र्याङदी नदी माथिको बेलिव्रिज भत्कनुका साथै तुरतुरे तर्फको सडक भासिँएको छ । करिव ४ फिट सडक भासिँएको पानपाका मेयर दिपक बाबु कडेँलले बताए । तुरतुरे तर्फको बेलिव्रिजको जिपमा पानीको वहावले धक्का दिएर क्षति पु¥याएपछि आवतजावत समेत अवरुद्ध बनेको छ । ‘तत्काल यो पुलबाट सवारी आउजाउ गर्ने अवस्था छैन,’ मेयर कडेँलले भने । तुरतुरेबाट गोरखाको पालुङटार, सिरानचोक, अजिरकोट, लम्जुङ्गको राइनास, दुधपोखरी लगायतका स्थानीय तहका सर्वसाधारणलाइ समेत आउजाउमा समस्या परेको छ । सो बेलिव्रिज २०५८ साल असोजमा निर्माण शुरु गरि २०५९ साल फागुन महिनामा सम्पन्न भएको थियो । पुल बनेसँगै उक्त क्षेत्रका स्थानीयलाई डुम्रे, तुरतुरे लगायतका बजार पुगेर दैनिक उपभोग्य सामान खरिदमा सहज भएको थियो । सो बेलिव्रिजलाइ बिस्थापन गर्न नजिकै मोटोरेवल पुल पनि बन्दैछ । तर काम निकै सुस्त गतिमा भइरहेको छ । निर्माणाधिन मोटरेवल पुललाई पूर्णता दिएर सवारी आउजाउमा सहजताका लागी पहल भइरहेको मेयर कँडेलले बताए ।