अनलाइन कक्षाको प्रभावकारीता खै
अनलाइन कक्षाको प्रभावकारीता खै
महामारीको रुपमा पैmलिएको कोरोना भाइरसको प्रत्यक्ष प्रभावबाट शिक्षा क्षेत्र पनि अछुतो रहन सकेको छैन ।
भविष्यका कर्णधार मानिने बालबालिकाहरु करिव तीन महिना देखि शिक्षाबाट बन्चित छन् । केही शैक्षिक संस्थाहरुले अनलाइन कक्षा संचालनमा ल्याएका छन् ।
तर अनलाइन कक्षा संचालन गरे भनेर मख्ख पर्नु उनीहरुको मुर्खता हो ।
कुल बिद्यार्थीको ३० प्रतिशतसम्म पनि त्यसको पहुँचमा छैनन् ।
लक डाउनका कारण गाउँगाउँमा रहेकाहरु कसरी अनलाइन कक्षामा जोडिन सक्लान् ? त्यसतर्पm कहिले ध्यान पुग्ला । के शहर केन्द्रित र प्रविधिको पुहँच भएकाहरुका लागी मात्र हो अनलाइन कक्षा ? जिल्लामा प्रविधिको बिकास र पहुँचको अवस्था कस्तो छ हामीले सबैले बुझेकै कुरा हो ।
कतै शुल्क लिनकै लागी भएपनि अनलाइन कक्षा संचालनको ढोंग रचेका त होइनन शैक्षिक संस्थाले ? यसतर्फ पनि ध्यानाकर्षण हुनुपर्छ । अनलाइन कक्षा संचालनको पनि निश्चित समय छैन । कक्षाका लागी शिक्षकको फुर्सद कुर्नुपर्छ ।
राती सुत्ने बेलामा समेत कक्षा संचालन गर्ने शिक्षक पनि छन् । तर त्यसको प्रभावकारीतामा प्रश्न चिन्ह उठ्दै आएको छ ।
सरकारले शिक्षा क्षेत्रमा समयअनुकुल प्रविधिमैत्री बनाउन नसक्नुका कारण पनि यस्ता समस्या निम्तिरहेका हुन् । सबै बिद्यार्थीको पहुँचमा इन्टरनेट होस् अनि बल्ल अनलाइन कक्षा संचालनको प्रभावकारीता हुन्छ । होइन भने यस्ता नाटक बन्द गरौ ।