नेपालमा भारतीय न्यूज च्यानलहरुको प्रसारण रोक्ने निर्णय
नेपालमा भारतीय न्यूज च्यानलहरुको प्रसारण रोक्ने निर्णय
२६ असार २०७७
सुरुवात ः विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । च्यानल वितरकहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय भएको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए । भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरन्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको शर्माले बताए । नेपाल विरोधी गालीगलौजले सीमा नाघेपछि भारतीय न्युज च्यानलहरु को प्रसारण बन्द गरिएको हो ।