प्रतिक्षा गरौँ निमित्त कारणको
प्रतिक्षा गरौँ निमित्त कारणको
रमेश रमण खनाल
आदरणीय पाठक मित्र
यो कुनै आत्रोश आवेग र उत्तेजना मा आएको अभिव्यक्ती होईन यो त नेपाली राजनितिक क्षितिजमा देखिएको परीदृव्यले संकेत गरेको यथार्थ बुझाईबाट आएको अभिव्यक्ती हो कोरोना संक्रमणको महामारीमा जनता अक्रान्त भै रहेको, मुलुक लकडाउनमा परेको, जनाको साँझ सबेरको चुलो बल्न नसकेको, भोक रोग शोकले पीडित प्रताडीत भएको जनताको दैनिक आयआर्जन ठप्प बनेर बैङ्ग र वित्तिय संस्थाको कर्जा र किस्ता तिर्न नसकेर जनता चुलुम्म डुबेको, अर्थतन्त्र तहसनहस र धरासायी भएको यो विषम अवस्थामा सत्तारुढ दल र तिनका नेताहरु एकापसमा कलह गरेका छन् ।
जित आ–आफ्नो हातपार्न सडकमा गुण्डा हुन कि तिनका कार्यकता हुन तिन्लाई उतारेका छन् लाग्छ जनता को पिडामा यि कुनै नेतालाई चिन्ता छैन, एकाथरीलाई सत्ता गुम्ला कि भन्ने त्रास छ अर्का थरीलाई सत्ता आउछ कि भन्ने आस छ के यसैका लागि जनताले विभिन्न पटक भएको जनआन्दोलन १० वषै जनयुद्ध रक्षा र संरक्षण गरेर बलिदानी कुर्वानी गरेको हो ? नेपाली जनताको आसा के थियो ? भरोषा के थियो ? के यि नेताले त्यो मर्मलाई आत्मसात गरेका रहेछन् त ?
जनआन्दोलन र जनयुद्धमा सिदापी नेपाली जनता कर्तव्य निष्ठ ईमान्दार सच्चा परीवर्तनकामी कार्यकर्तालाई भ¥याङ्ग बनाएर बलिदानी गर्ने योद्धाको आलो रगतमा टेकेर सत्तामा पुगेका नेताहरुको अहिले को गतिविधि हेर्दा यो देश अव कुनै पनि बेला ठुलै दुर्घटनामा फस्दैछ भन्ने आभास सहजै गर्न सकिन्छ किनकि जनआन्दोलन र जनयुद्धको मर्म र भावना विपरीत सत्ता धारी दल र तिन्का नेता चल्न थालेका छन् । जनताको सुनौलो भविष्यको सपनामा तुषारापात भएको छ । गुण्डागर्दिले संंरक्षण पाएको छ । तस्कर कालाबजारी घुसखोरी एकपछि अर्को गर्दै दिनानु दिन बढदै गएको छ । गरीब जनताका नाउमा राज्य कोषको खरबौ रकम स्वाहा भएको छ ।
त्यसको प्राप्ती गरी जनताले होइन नेताका दाजुभाई छोरा, छोरी, साला, साली, जेठान ससुराले यो वा त्यो नाउँबाट कुम्लाई रहेका छन् । राज्यकोषबाट विभिन्न शिर्षकमा आउने किसान लक्षित दलित, जनजाती, महिला लक्षित अनुदानका रकम बिचौलिया अवसरवादी, चाकडी चाप्लुसीमा खप्पीस अपराधिहरुको हातमा पुग्ने गरेको छ । लक्षित वर्गमा पुग्नै सकेका छैन् ।
मन्त्री र सांसदको नाउँमा आउने रकम भत्ता र भ्रमणका नाममा करोडौ रुपियाँ राज्यकोषको दोहन गर्न व्यस्त छन् । पिडीत वेराजगार युवा अलपत्र छन् । रोजगारी आफन्त नातागोतामा सिमित छ । रोजगार सृजना गर्ने कुनै योजना र कार्यक्रम नै छैन । उद्याग धन्दा कलकारखानाको विकास रोजगारी सृजना गरेर आर्थिक समृद्घि गर्न भन्दा युवालाई विदेशि भुमिमा पठाएर तिनैको रेमिट्यान्सले मुलुकको ढुकुटि दोहन गर्न पल्केका नेता विचार सिद्घान्तको कलह नभइ भागवण्डाको कलह गरि कहिले भारत र कहिले चिनको शासकहरुले आ–आफ्नो स्वार्थ दाउमा राखेर मध्यस्तकर्ता वनेर जवरजस्त जोडिने नेता र दल संग अव नेपाली जनताले विकास र समृद्घि गाँस वास कपास स्वास्थ्य शिक्षा रोजगारीको आशा गर्नु शान्ति सुरक्षा अमन चयन लुटतन्त्र भ्रष्टचार तस्करी नियन्त्रणको आशा गर्नु ब्यर्थ छ ।
विकासका नाउमा आउने वजेटबाट हुने काम केन्द्र देखि स्थानीय तह सम्म पुरै सेटिङमा आफ्नै ठेकेदार तयार गरेर टेण्डर खुलाइन्छ । माथि देखि तल सम्म चुहिदै चुहिदै आउने त्यो वजेट बाट गरिने कुनै पनि काममा गुणस्तर छैन । आज वनायो भोलि क्षत विक्षत हुन्छ अनि वर्षै पिच्छे सरकार र ठेकेदार त्यहि पुल बाटो ट्याङ्की वनाइरहेको हुन्छ ।
रेमिट्यान्स र विदेशी दातृ संस्थाबाट नेपाली जनताको नाममा लिएको ऋण नेपाली जनताको थाप्लोमा कर्जा भार थोपारेर तिनैले दोहन गरि रहेका हुन्छन् । यो भन्दा घातक दुखद र जनघात के हुन्छ ? जति सुकै चर्को र क्रान्तिकारी कुरा गरेपनि ब्यवहार कर्मममा देखिएन भने हामाी जनताले के विश्वास गर्ने, जतिसुकै राष्ट्रवादको कुरा गरेपनि ब्यवहार कर्ममा देखिएन भने हामि जनताले के विश्वास गर्ने ? कालापानी लुम्पीयाधुरा र लिपुलेक समेटिएको नक्सा सार्वजनिक गरेर सरकार ले आत्मा सन्तुष्टि गरेको छ तर के त्यहाबाट भारतीय सेना फिर्ता भएको छ ? तर त्यो भुमि नेपालको भोगचलनमा ल्याउन सकेको छ ? भोगचलनमा ल्याउन नसक्दा सम्म कागजी नक्साको के अर्थ रहन्छ ? भारत छोड्न तयार छैन विकल्प के छ ? अव त्यो विकल्पमा लाग्नु पर्दैन ? हिजोका सरकारहरु पनि कुटनितिक पहल वार्ता र सम्वाद भन्ने गर्थे ।
आजको दुइतिहाइ वहुमत प्राप्त सरकार पनि त्यहि दुइ तिहाइको सरकार पनि त्यहि रटान रटेको परिदृश्य देख्दा लाग्छ जो सुकै पाटी वा नेता सक्तामा गएपनि सक्तामा हुदा भने भाषा एउटै छ । कुटनितीक पहल वार्ता र संवाद ।
जव सक्ताबाट वाहिरन्छि अकोै सरकार आउछ अनि हिजो सरकारमा हुनेहरु नै सरकारको असफलता सावित गर्ने भन्ने गर्छन अतिक्रमित भुमि फिर्ता गर भनेर । हिजो देखि आज सम्म त्यहि क्रम निरन्तर चलिरहेको छ चलिरहन्छ जवसम्म कुशल राजनेता यो धर्तिले प्राप्त गर्न सक्दैन त्यतिन्जेल सम्म भन्ने र गर्ने यहि नै हो कसैको भ्रम पाल्न नै पर्दैन । कुनै दल विशेषको कुरा नगरौ जुनसुकै पाटि सक्तामा गएपनि राज्य सक्ता संचालनको रिमोट वर्षमा ३६५ वटा पाटि फेर्दै अवसरको खोजिमा मरिहत्ते गरेर लाग्ने विचौलिया अवसरवादी अपराधिहरुको नियन्त्रणमा छ । सघ देखि स्थानीय तह सम्म इमान्दार कार्यकर्ताको सुनुवाइ मुल्याङ्कन रक्षा छैन ।
पुरै डढेलो लगाएर तहस नहस गर्न खोजिन्छ । ठेककापटट्टा, तिनै अवसरवादीहरुलाई राहत सुविधा अनुदान रोजगारी जनताको नाउमा आउने हरेक चिजवस्तुमा तिनैको हालिमुहालीबाट चलेको यो देश र यहाको जनताले यीनै शासकहरुबाट सुन्दर भविष्यको सपना देख्नु भनेको मृग मरिचिका वाहेक अरु केहि हुनै सक्दैन । यहि पाराले यो सक्ता र राजनितिक दल अगाडी वढीरहे अव ठुलै दुर्घटना हुनेछ ।
धैर्य सग प्रतिक्षा गरेर वसौ अहिले जवरजस्त जोडिने कुनै सरकार वा राजनितिक दल कुर्चिका लागी स्वार्थ र भागवण्डाका लागी जोडिएपनि जनताको प्रवाह नगरि कलहमा लाग्ने नेताहरु राज्यसंयनत्र हाक्ने सरकार दल कुनै निमिक्त कारण आइलाग्नासाथ पुर्णत क्षतविक्षत हुने छ । दल दलमा फस्ने छ । त्यति मात्र होइन सरकार राजनितिक पाटिका त्रियाकलाप र कर्म हेर्दा लाग्छ यो सम्पुणप सिस्टम नै क्षतविक्षत हुने छ । त्यसको भागिदार यीनै राजनितिक दल तिनका नेता केन्द्र देखि स्थानीय तह सम्म ३६५ दिनमा ३६५ पाटि फेर्दै राज्य संयन्त्रको ताला चापि कब्जा गरेर हालि मुहाली गर्ने विचौलिया अवसरवादी दलालहरु नै हुने छन् ।