विपदको पूर्व सावधानी अपनाऔ
विपदको पूर्व सावधानी अपनाऔ
२८ असार २०७७
वर्षायाम शुरु भएसँगै जिल्लाका विभिन्न ठाउँमा बाढी पहिरो जाने सम्भावना बढ्दै गएको छ ।केहि दिन देखि निरन्तरको अविरल वर्षाका कारण पहिरो जाने क्रम शुरु भइसकेको छ । कोरोना भाइरस महामारी सकिन नपाउदै अर्को प्राकृतिक विपती थपिए झनै समस्यामा पर्ने देखिन्छ । गोरखा पहाडी भूमाग भएकाले पनि वर्षेनि बाढी पहिरो र भू–क्षय जाने गर्दछ ।
यसै पनि जिल्लाका अधिकाश बस्तीहरु अभैm जोखिममा रहेका छन् । जोखिम वस्ती स्थानान्तरणको खाँचो छ । बाढी पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुको पहिचान गरी सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने कार्यमा ढिलाई गर्नु हुदैन । प्राकृतिक विपतिका कारण मानविय सँगै जनधनको क्षति भएका समाचार हामीले सुन्दै आएका छौ ।
लाखाँै हेक्टरमा लगाएको बाली समेत पहिरोे पुरिने तथा धेरै अन्न उब्जनीहरु बगाउने गर्छ ।
यसको कृषि क्षेत्रमा पनि प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । यस्ता विपतजन्य घटनाबाट ठुलो धनजनको क्षति हुन अगावै यस तर्पm सचेत हुन आवश्यक छ ।
प्राकृतिक विपती कहाँ कति खेर आउछ कसैले अनुमान गर्न मुश्किल छ । त्यसैले उद्धार र राहतका लागि आवश्यक पर्ने सामाग्रीहरु पहिले नै भण्डारण गरेर राख्नु पर्दछ ।
साथै विपदको बेला फाष्ट रेस्पोन्स टिम तयारी पारी कार्यान्वयन ल्याउनमा सम्बन्धित निकायहरुको समयमै ध्यान जान जरुरी छ ।
समयमै सचेत रहे केही मात्रामा भए पनि यस्ता परिस्थितिबाट बच्न र बचाउन सकिन्छ । यस्ता प्रकोपहरुबाट हतास हुने होइन, आपूm बाँच्ने अनि अरुलाई पनि बचाउन पे्ररित गराउनु पर्दछ ।