वडाध्यक्षले जिम्मा लिएको स्वास्थ्य चौकी भवन ६ बर्षमा पनि बनेन

वडाध्यक्षले जिम्मा लिएको स्वास्थ्य चौकी भवन ६ बर्षमा पनि बनेन


बिहिबार, साउन १५, २०७७


वडाध्यक्षले जिम्मा लिएको स्वास्थ्य चौकी भवन ६ बर्षमा पनि बनेन

 ठेकेदारको चरम लापरवाहीका कारण भीमसेन थापा गाउँपालिका–७ को बोर्लाङ स्वास्थ्यचौकी भवन निर्माण कार्य अलपत्र परेको छ ।
निर्माण कार्य शुरु भएको ६ बर्षसम्म पनि काम सम्पन्न भएको छैन ।

भवन निर्माणका लागी २०७१ साल बैशाख २८ गते धुलिखेल निर्माण सेवा सँग सम्झौता भएको थियो । सम्झौता अनुसार १८ महिनाभित्र काम सक्नुपर्ने हो । तर अहिलेसम्म काम सम्पन्न भएको छैन । ‘साविकको शहरी बिकास तथा भवन डिभिजन कार्यालय गोरखासँग सम्झौता भएको हो,’ संघिय आयोजना कार्यान्वयन इकाइ कास्कीका आयोजना प्रमुख झपड बहादुर थापाले भने, ‘एक बर्ष अघि मात्र हामीलाइ यो योजना हस्तान्तरण भएको हो ।’



हालसम्म तीन पटक म्याद थप भइसकेको उनले बताए । २०७२ साल कात्तिक २८ गते पहिलो पटक १२ महिनाको लागी म्याद थपिएको थियो । थप भएको म्याद अनुसार २०७३ साल कात्तिक २४ गते भित्र काम सक्नुपथ्र्याे । तर ठेकेदारले काम नगरेपछि म्याद गुज्रियो । शहरी बिकास तथा भवन निर्माण बिभागले २०७३ साल कात्तिक २७ गते दश प्रतिशत जरिवाना लिएरआठ महिनाको लागी समय थप्यो ।

२०७४ साल असार मसान्त भित्र कामसक्ने गरी समय थप गरेपनि ठेकेदारले काम गर्न सकेन । बिभागले २०७४ साल असार ३० गते पुनः ३२ महिनाको समय थप गरेको छ । बिभागले तेस्रो पटक थप गरेको म्याद अनुसार २०७६ साल फागुन ३० गतेभित्र काम सक्नुपर्ने भएपनि अझै सम्पन्न भएको छैन । हाल भवनको ९० प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख थापाले बताउछन् ।

‘भुइँको फिनिसिङ, ट्वाइलेट वाथरुम, रंगरोकन र कम्पाउण्डिङको काम बाँकी नै छ,’ उनले भने । एक महिनाभित्र काम सक्न अल्टिमेटम दिएको उनले बताए । ठेक्का सम्झौता भएको निर्माण कम्पनीले अर्काेलाइ काम दिदाँ समस्या भएको उनको भनाइ छ । भ्याट वाहेक कुल एक करोड ७२ लाख ५२ हजार २५५ लागतमा भवन निर्माण हुन लागेको उनले जानकारी दिए ।

भवन निर्माणको जिम्मा पाएको धुलिखेल निर्माण सेवाका गनु चौलागाईले आफ्नो फर्मबाट सोही वडाका अध्यक्ष समेत रहेका नारायण श्रेष्ठले उक्त काम गरेको बताए । ‘हामीले काम गरेका होइनन्, हाम्रो फर्म प्रयोग गरेर उहाँ आफैले काम गर्नुभएको हो,’ उनले भने ।

धुलिखेल निर्माण सेवाको फर्म प्रयोग गरेर आफूले काम गरेको वडाध्यक्ष श्रेष्ठ स्वयमले बताए । ‘काम मैले गरेको हुँ तर नाकावन्दी, भूकम्प, चुनाव र कोरोनाका कारण काममा ढिलाइ भयो,’ वहाना बनाउदै उनले भने । ‘रनिङ बिल’ को रकम समयमा नपाउँदा पनि काम गर्न समस्या भएको उनले बताए । ‘सरकारी भवन भनेको बेला पैसा नदिएर काम गर्न पनि समस्या भयो,’ उनले भने । अवको एक महिनामा काम सक्ने उनले प्रतिवद्धता जनाएका छन् ।
अस्थायी टहरामा स्वास्थ्य चौकी

समयमै भवन निर्माण नहुँदा अस्थायी टहरामा स्वास्थ्य चौकी संचालन भइरहेको छ । बर्थिङ सेन्टरसमेत रहेको उक्त स्वास्थ्यचौकीमा ठाउँ अभाव हुदाँ सेवा प्रवाह गर्न असहज भएको अनमी सचिना शाक्यले बताइन् । ‘चैत्रसम्म त टेन्टमै थियौ, अहिले टिनको अस्थायी टहरामा छौ,’ उनले भनिन्, ‘ठाउँ साघुरो छ, डेलिभरी गर्न आउछन्, कुर्ने मान्छे बस्ने ठाउँ हुदैन, सबै एउटै कोठामा बस्नुपर्दा समस्या भएको छ,’ उनले भनिन् । भवन अभावमा अन्य सेवा प्रवाहमा पनि समस्या भएको उनले बताइन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda