एक वर्षको अवधिमा गोरखाका सात हजार भन्दा बढीले राहदानी बनाए
एक वर्षको अवधिमा गोरखाका सात हजार भन्दा बढीले राहदानी बनाए
आर्थिक वर्ष २०७६÷०७७ मा सात हजार पाँच सय ५८ जनाले जिल्ला प्रशासन कार्यालय गोरखाबाट राहदानी लिएका छन् ।
प्रशासनको वार्षिक प्रतिवेदनका अनुसार कार्यालयबाट ३ हजार ५ सय ५४ जनालाई राहदानी लिएका हुन् ।
४ हजार ४ जनाले द्रुत राहदानी वितरणका लागि राहदानी विभागमा सिफारिस गरिएको प्रशासन कार्यालयले जनाएको छ ।
त्यस्त २०७६÷०७७मा आधारमा ५ हजार ३ सय ४३ जनालाई नागरिकता वितरण गरेको छ ।
यो वर्ष घुम्ती सेवाबाट नागरिकता वितरण भने नभएको कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्ष वैवाहिक अंगीकृत नागरिकता एक जनालाई वितरण गरिएको छ । ४ हजार ९ सय ५९ जनालाई नागरिकता प्रतिलिपि वितरण गरेको प्रशासन कार्यालय गोरखाले जनाएको छ । प्रशासनले दुइ सय ५४ जनालाई नावालक परिचयपत्र वितरण गरेको छ ।