गोरखामा एकसाता निषेधाज्ञा

गोरखामा एकसाता निषेधाज्ञा


आइतवार, साउन ३२, २०७७


गोरखामा एकसाता निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय गोरखाले सोमबारदेखि लागु हुने गरी एकसातासम्म निषेधाज्ञा जारी गरेको छ । आइतबार बसेको जिल्ला स्तरीय कमाण्ड पोष्टको बैठकले भदौ ७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

समुदाय स्तरमा कोरोना संक्रमित भेटिन थालेपछि संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए । उनका अनुसार जिल्लामा सार्वजनिक यातायात सञ्चालनमा पूर्ण रोक लगाइने छ । अत्यावश्यक प्रयोजनमा प्रयोग भएका बाहेक अन्य निजी सवारी पनि चल्न नपाउने उनले जानकारी दिए ।



‘जिल्लाका विभिन्न ठाउँमा रहेको बैंङ्क तथा वित्तीय संस्थाले प्रवाह गर्ने बाह्य सेवा बन्द हुन्छ,’ प्रजिअ भट्टराईले भने, ‘खाद्यान्न, औषधि र पेट्रोलियम पदार्थ बाहेकका अरु पसलहरु खोल्न पाउने छैनन् ।’

सरकारी कार्यालयले प्रवाह गर्ने अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिसकिएको जानकारी गराउदै उनले भने, ‘स्थानीय तहलाई पनि अति आवश्यकबाहेकका अन्य सेवा बन्द गर्न भनेका छौं ।’

जिल्ला प्रवेश गर्ने नाकाहरुमा कडाइ गरिने उनले बताए । सवारी पासबाहेकका अन्य सवारी साधनलाई राति ९ बजेदेखि बिहान ६ बजेसम्म जिल्ला प्रवेशमा पूर्ण रोक लगाइने उनले जानकारी दिए । सुरक्षा व्यवस्थालाई थप कडाइ गर्न सदरमुकाम लगायत प्रभावित क्षेत्रमा नेपाली सेना, प्रहरी र सशस्त्रको संयुक्त टोलीको गस्ती खटाउने बैठकले निर्णय गरेको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda