गोरखामा आज नौ जना संक्रमित थपिए
गोरखामा आज नौ जना संक्रमित थपिए
गोरखामा आज नौ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरा प्रयोगशालामा परिक्षणको व्रmममा गोरखाका नौ जनामा कोरोना संक्रमणको पुष्टि गरेको हो ।
संक्रमित हुनेहरुमा पालुङटार नगरपालिकाका ७ जना र गोरखा नगरपालिकाका २ जना रहेका छन् ।
पालुङटार नगरपालिका–१ का १४, १३, १३, १९, २५ वर्षीय पुरुष र १५ वर्षीय महिलाममा र सोहि नगरपालिका वडा नम्बर ६ मा ५५ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
त्यस्तै गोरखा नगरपालिका–१३ मा २९ वर्षीय महिला र ५२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित व्यक्ति कन्ट्रक्याट टे«सिङको व्रmममा उनीहरु पनि स्वाब संकलन गरी परिक्षण लागि क्षयरोग उपचार केन्द्र पोखरा पठाएको थियो ।
सोमबार उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
योसँगै गोरखामा कोरोना संक्रमितको संख्या २ सय ११ पुगेको छ ।