तीन कर्मचारी जनसेवा श्री पदकबाट विभुषित
तीन कर्मचारी जनसेवा श्री पदकबाट विभुषित
संविधान दिवसको अवसरमा जिल्लाका तीन कर्मचारी जनसेवा श्री पदकबाट बिभुषित भएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकरी देवी पाण्डे (खत्री), कृषि ज्ञान केन्द्रकी प्रमुख मनिता थापा र स्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन नारायणबाबु अर्याल बिभुषीत भएका हुन् ।
पाण्डे र थापा जनसेवा श्री (चर्तुथ) र अर्याल जनसेवा श्री (पञ्चम) बाट बिभुषीत भएका हुन् ।
पदक ग्रहण गर्न भने बाँकी छ । समय सन्दर्भ मिलाएर राष्टूपति बिद्यादेवी भण्डारीले उनीहरुलाइ पदक प्रदान गर्नेछिन् ।
प्रमुख जिल्ला अधिकारीको सिफारिसमा गोरखाका चार कर्मचारीको नामावली पठाएकोमा चारै जना विभुषित भएका हुन् ।
एक जना भने जिल्लाका निवर्तमान प्रहरी प्रमुख एसपी ओम प्रसाद अधिकारी रहेका छन् ।
हाल चितवनमा कार्यरत उनी जनसेवा श्री (चतुर्थ) पदकबाट बिभुषित भएका हुन् ।