निजी जग्गाको वनबाट आर्थिक लाभ लिन पाउनुपर्ने माग
निजी जग्गाको वनबाट आर्थिक लाभ लिन पाउनुपर्ने माग
व्यक्तिको लालपुर्जा भएको जग्गामा हुर्काएको काठको सहज रुपमा बिक्रि वितरण गर्र्न पाउनुपर्ने पारिवारिक निजी वन संघले माग गरेको छ । निजी जग्गामा हुर्किएको वनको संरक्षण गर्दै त्यसबाट आर्थिक लाभ लिन पाउनुपर्ने माग उनीहरुको छ ।
निजी जग्गामा हुर्काएको रुखको उपभोग गर्न पाउने सम्बन्धी निति नियम ल्याउन संघमा आवद्धहरुले सरकारलाई आग्रह गरेका छन् । पारिवारिक निजी वनलाइ सम्पूर्ण नियमन गर्ने तहको अधिकार सहित स्थानीय सरकारको प्राथमिकता कार्यक्रममा समावेश गर्न समेत संघको माग छ । गोरखा नगरपालिका–८ का स्थानीय विश्वराम कुवँरले आफ्नो जग्गामा हुर्काएको वनबाट आर्थिक लाभ लिन नपाएको गुनासो गरेका छन् । उनको ३० रोपनी भन्दा बढी खेतियोग्य जमिन वन क्षेत्र बनेको उनले बताए ।
‘अहिले वन भएको यो जग्गामा पहिले खेति गथ्र्याै, ७० मुरी धान फल्थ्यो,’ उनले भने, ‘रुख उम्रियो, हामीले संरक्षण गरेर हुर्कायौ, तर अहिले त्यसको उपभोग गर्न पाएनौ ।’ आफ्नौ जग्गामा काठ हुदाँ पनि भूकम्पले भत्किएको घर पुननिर्माणका लागी उक्त काठ प्रयोग गर्न नपाएको भन्दै उनले दुखेसो पोखे । नीजि जग्गामा हुर्काएको काठजन्य सामग्री बिव्रmी वितरणमा रहेको झन्झटिलो नीतिगत व्यवस्था हटाइनु पर्र्ने उनले बताए ।
बिहीवार सो क्षेत्रमा रहेको पारिवारिक निजी वनको अवलोकन समेत गरिएको छ ।
पारिवारिक निजी वन संघ गोरखाको अगुवाइमा भएको अवलोकनमा गण्डकी प्रदेश सांसद प्रकाशचन्द्र दवाडी, हरिशरण आचार्य, जिल्ला समन्वय समिति प्रमुख अशोक कुमार गुरुङ, गोरखा नगरपालिकाकी उपप्रमुख बिना कुमारी श्रेष्ठ, पत्रकार लगायतको सहभागीता रहेको थियो । अ
वलोकन पश्चात बोल्दै प्रदेश सांसदहरुले नीति निमय बन्न लागेकाले उक्त कुराको प्रस्ताव लैजाने आश्वासन दिए ।
पारिवारिक निजी वन संघ गोरखाका अध्यक्ष भरत कट्टेलले अध्यक्षतामा भएको कार्यक्रममा जिसस प्रमुख, गोरखा नगरपालिकाकी उपप्रमुख, वडाध्यष कृष्ण केसी, संघका केन्द्रिय कोषाध्यक्ष राजेन्द्र भट्ट, केन्द्रिय सदस्य सानुमाया बस्नेत, सामुदायिक वन उपभोक्ता महासंघ गोरखाका अध्यक्ष कमल लामिछाने, पत्रकार महासंघका सचिव नरहरी सापकोटा लगायतले आफ्नो धारणा राखेका थिए ।